माओवादीमा प्रवेश गरेका भनेका थापा नेपाली काँग्रेसमै, एमालेका गौतम भने माओवादीमा

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

मंगलबार बन्दिपुरका नेकपा माओवादीका कार्यकर्ताहरुले गृहमन्त्री नारयणकाजी श्रेष्ठसँग भेट गरेको फोटो राख्दै नेकपा एमाले बन्दिपुर गाउँ कमिटिका सचिव कुलेन्द्र गौतम र नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि मदन थापा माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज लामिछाने, बन्दिपुर गाउँपालिकाका पुर्व अध्यक्ष पुर्णसिंह थापा, माओवादी नेतृ विद्या लामिछाने लगायत माओवादीका नेताहरु सहित एमालेका गौतम र काँग्रेसका थापा पनि गृहमन्त्रीलाई भेट्न काठमाडौं गएका थिए ।

गृहमन्त्री श्रेष्ठ मुटु सम्बन्धि उपचारबाट डिस्चार्ज भई निवासमै आराम गरिरहेका थिए । माओवादीका नेताहरुले फेसबुकका राखेको उक्त तश्विरमा एमालेका गौतम र काँग्रेस थापाले मात्र खादा लगाएका थिए । यसबाट पनि के बुझिन्थ्यो भने गौतम र थापा आ आफ्नो पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेछन् ।

तर नेपाली काँग्रेस छाडी माओवादी केन्द्रमा प्रवेश गरेको भनी प्रचार गरिएका काँग्रेसका क्षेत्रीय प्रतिनिधि मदन थापाले माओवादीमा प्रवेश गरेको कुरा खण्डन गरेका छन् । थापाले बुधबार फेसबुकमा ‘मंसिर २६ गते काठमाडौंमा गृहमन्त्री ज्युको स्वास्थ्य अवस्थाबारे जानकारी र स्वास्थ्य लाभको कामना दिने कार्यक्रममा उपस्थित भएकोमा अन्य विषयको चर्चा भएको हुँदा सम्पुर्ण इष्टमित्र साथीहरु भ्रममा नपरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । जय नेपाल’ भन्ने स्टाटस लेख्दै माओवादी केन्द्रमा प्रवेश गरेको प्रचारको खण्डन गरेका छन् ।

एमाले बन्दिपुर गाउँ कमिटिका सचिव कुलेन्द्र गौतमले भने माओवादी केन्द्रमा फर्किएको बताएका छन् । उनले ‘परिवर्तनको निम्ती अझै योगदान गर्ने उद्देश्यले आफ्नो पुरानै घर नेकपा माओवादी केन्द्रमा फर्केको कुरा सगौरब जानकारी गराउँदछु, पाँच बर्षसम्म नेकपा एमालेमा रही गाउँ पार्टी सचिवको भुमिका पुरा गर्दा सहयोग गर्ने सबै साथीहरुलाई हार्दिक धन्यवाद’ भनेका छन् । पुर्व माओवादीका कार्यकर्ता गौतम नेकपा हुँदै एमालेमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म