अस्पतालबाट हराएका तनहुँका मिश्र सेती नदीमा मृत अवस्थामा भेटिए

Devghat Online

शेयर गरौ

पोखरा, मंसिर २८

गत सोमबार पोखराको मणिपाल अस्पतालबाट हराएका तनहुँको आवुँखैरेनी गाउँपालिका–१ घर हाल हाल पोखरा मनपा–१६ लामाचौर बस्ने १९ बर्षिय संगम मिश्र मृत अवस्थामा भेटिएका छन् ।

ज्वरो सम्बन्धी बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका मिश्र बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको अबस्थामा अस्पतालबाटै हराएका थिए । उनी हराएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बुधबार मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा निजले लगाएको कपडा र परिचयपत्र फेला परेको थियो ।

मिश्रको र खोजतलासको लागि विहिबार पोखरा–१६ दिप स्थित सेती नदीको ड्याम समेत खोली खोजतलास गर्ने क्रममा अपरान्ह ३.३० बजेको समयमा पोखरा–३ नदिपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनको शव निकाली पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको साथै थप अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता