अस्पतालबाट हराएका तनहुँका मिश्र सेती नदीमा मृत अवस्थामा भेटिए

Devghat Online

शेयर गरौ

पोखरा, मंसिर २८

गत सोमबार पोखराको मणिपाल अस्पतालबाट हराएका तनहुँको आवुँखैरेनी गाउँपालिका–१ घर हाल हाल पोखरा मनपा–१६ लामाचौर बस्ने १९ बर्षिय संगम मिश्र मृत अवस्थामा भेटिएका छन् ।

ज्वरो सम्बन्धी बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका मिश्र बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको अबस्थामा अस्पतालबाटै हराएका थिए । उनी हराएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बुधबार मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा निजले लगाएको कपडा र परिचयपत्र फेला परेको थियो ।

मिश्रको र खोजतलासको लागि विहिबार पोखरा–१६ दिप स्थित सेती नदीको ड्याम समेत खोली खोजतलास गर्ने क्रममा अपरान्ह ३.३० बजेको समयमा पोखरा–३ नदिपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनको शव निकाली पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको साथै थप अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर