उद्योग बाणिज्य संघ दुईपिप्ले–सोतीपसल इकाईको अध्यक्षमा शर्मा

Devghat Online

शेयर गरौ

दमौली, पुस १०

लमजुङ उद्योग वाणिज्य संघ अन्तर्गतको दुईपिप्ले÷सोतीपसल इकाईको अध्यक्षमा रमेशचन्द्र शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अठारौं साधारण सभा तथा निर्वाचन प्रक्रियाबाट शर्मा इकाईको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा सिद्धबहादुर नेपाली, सचिवमा रमेश भट्टराई र कोषाध्यक्षमा सोभा राना निर्वाचित भएका छन् भने सदस्यहरुमा शेरबहादुर गुरुङ, कविराम श्रेष्ठ, दलबहादुर बादी, चन्द्रबहादुर श्रेष्ठ र शारदा उपरकोटी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू