मिलिजुली युवा क्लवको बार्षिकोत्सवको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस १०

बन्दिपुर गाउँपालिका–६ खहरेटारमा रहेको मिलिजुली युवा क्लवको छैठौं बार्षिकोत्सव तथा तमु ल्होसारको अवसरमा यही पुस १५ गतेदेखी १८ गतेसम्म खहरेटारमा बृहत सांस्कृतिक कार्यक्रम तथा खुल्ला गाउँ तथा टोल स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

क्लवले विगतदेखी तमु भाषा, संस्कृति, सभ्यता र पहिचानलाई जगेर्ना तथा संरक्षण गर्ने उद्देश्यले १५ पुस तथा तमु ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको र यसपटक छैठौं बार्षिकोत्सवको अवसरमा खुल्ला गाउँ तथा टोल स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका संस्थापक अध्यक्ष एवं कार्यक्रमका मुल संयोजक सिद्धान्त गर्जामगरले बताए । सो कार्यक्रमको स्थायी शिक्षक हकहित संरक्षण मन्चका केन्द्रीय अध्यक्ष रमेशबाबु भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु बलविक्रम थापा, संजिव सिं राना, अनुराग थापा मगर, उषा लामिछाने, खेमराज थापा, मनिषा मगर, भौमाया गुरुङ, मनु राना मगर लगायतको सांस्कृतिक प्रस्तुती रहनेछ ।

भलिवल प्रतियोगिता तर्फ भने प्रथम हुने टिमलाई ५५ हजार ५५५ रुपैयाँको साथमा खसी, द्वित्तिय हुनेलाई ३३ हजार ३३३ रुपैयाँको साथमा बोका र तृतिय हुने टिमलाई २२ हजार २२२ रुपैयाँको साथमा २ वटा भाले पुरस्कार दिईने छ ।

यसैगरि चौंथो हुनेलाई ८ हजार ८८८ र सान्त्वना हुने टिमलाई ४ हजार ४४४ रुपैयाँ नगद पुरस्कार दिईने छ । पुरस्कृत टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने कार्यक्रम संयोजक मगरले जानकारी दिए । भलिवल प्रतियोगितामा भाग लिनकोलागि ५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल