राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा व्यास नगरपालिका प्रथम, शुक्ला द्वत्तिय र बन्दिपुर तेश्रो

Devghat Online

शेयर गरौ

दमौली, पुस १०

जिल्ला खेलकुँद विकास समितिको आयोजनामा मंगलबार सम्पन्न भएको तनहुँ जिल्ला स्तरीय १५ औं राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा व्यास नगरपालिका १५ स्वर्ण पदक सहित प्रथम भएको छ । सोमबारदेखी निर्मल मावि व्यास नपा १ विज्ञान चौरमा खेलाईएको प्रतियोगितामा व्यास नगरपालिकाले १ रजत र ९ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित शुक्लागन्डकी नगरपालिका दोश्रो र ३ रजत तथा १ कास्य सहित बन्दिपुर गाउँपालिका तेश्रो भएको जिल्ला खेलकुँद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

विभिन्न विधामा खेलाईएको प्रतियोगताको भलिवल तर्फको छात्र छात्रा दुबै प्रतियोगितामा शुक्लागन्डकी नगरपालिका प्रथम हुन सफल भयो भने भिमाद नगरपालिका छात्र छात्रा दुबै भलिवलमा दोश्रो हुन सफल भयो । त्यस्तै देवघाट गाउँपालिकाले छात्र तर्फ र आबुँखैरेनी गाउँपालिकाले छात्रा तर्फ तृतिय स्थान प्राप्त गर्न सफल भए ।

कबड्डीको छात्र तर्फको प्रतियोगितामा बन्दिपुर गाउँपालिका प्रथम, र व्यास नगरपालिका तृतिय हुन सफल भएका थिए । छात्रा कबड्डीमा भने व्यास नगरपालिका प्रमथ, म्याग्दे गाउँपालिका द्वित्तिय र भानु नगरपालिका तृतिय भएका थिए । यसैगरि एथलेटिक्स तर्फ व्यास नगरपाकिा प्रथम, शक्लागन्डकी नगरपालिका द्वित्तिय र म्याग्दे गाउँपालिका तृतिय भएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष पाण्डेले बताए ।

उक्त प्रतियोगिताको सोमबार गन्डकी प्रदेशकी शिक्षा खेलकुँद तथा सामाजिक विकास मन्त्री शुशिला सिंखडाले उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका ७ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पालिका स्तरमा आयोजित राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थी नै जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला स्तरमा भएको प्रतियोगितामा उत्कृष्ट प्रतिभा देखाएका १५० जना खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन जाने अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रतियोगिताको समापनको अवसरमा समितिका अध्यक्ष अध्यक्ष पाण्डे सहित विभिन्न स्थानीय तहका शिक्षा तथा खेलकुँद शाखाका प्रमुखहरुले विजिय विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल