राष्ट्रपति रनिङसिल्डमा यसपटक देवघाटलाई ठूलो सफलता, ३२ खेलाडी मध्ये ८ ले पदक जिते

Devghat Online

शेयर गरौ

देवघाट, पुस ११

मंगलबार सम्पन्न भएको तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको १५ अौं संस्करणमा देवघाट गाउँपालिकाले उल्लेख्य सफलता प्राप्त गरेको छ ।

हालसम्मका प्रतियोगितामा पदक विहिन हुँदै आएको देवघाट गाउँपालिकाले यसपटक विभिन्न विधामा ८ वटा पदक भित्र्याएको छ । जबकि ९ वटा बिधामा ३२ जना खेलाडी सहभागी भएको देवघाटले ८ पदक हात पारेको हो । त्यस्तै १६ खेलाडीले मेडल जितेका छन् । प्रतियोगितामा देवघाटले १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात पारेको छ । देवघाटले छात्र भलिवलमा तृतीय स्थान हात पारेको छ । छात्रा तर्फको सटपुटमा परिमाया आलेले स्वर्णपदक हात पारिन् ।

यसअघि पदक विहिन हुँदै आएको देवघाटले यसपटक ८ वटा पदक जित्नुलाई ठुलो उपलब्धि मान्न सकिने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । खेलकुँदको क्षेत्रमा गाउँपालिकाले गरेको लगानी र खेलाडी विद्यार्थीले गरेको मेहनेतको कारण यो सफलता प्राप्त भएको अध्यक्ष थापाले बताए ।

देवघाटले यसपटक खेलाडीको छनौट र व्यवस्थापन गर्ने जिम्मेवारी देवघाट युवा तथा खेलकुद विकास समितिलाई दिएको थियो । उक्त समितिले गाउँपालिका स्तरीय रनिङसिल्ड आयोजना गरि उत्कृष्ट खेलाडी छनौट गरेको थियो ।

खेलाडी विद्यार्थीलाई हौसला दिन खेल अवधिभर गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा मैदानमै रहे । त्यस्तै उपाध्यक्ष भुवनसिं गुरुङ र शिक्षा तथा खेलकुद शाखाका प्रमुख होमनाथ लामिछाने पनि खेलाडीलाई हौसला दिन खटिरहे । खेलकुद विकास समितिका अध्यक्ष अमर बहादुर फेवाली सहित समितिका पदाधिकारीहरु पनि खेलाडीको सफलताको लागि खटिरहेका थिए । सबैको प्रयत्न स्वरुप यसपटक राम्रो नतिजा आएको र आगामी वर्ष जिल्लामै प्रथम हुने गरि तयारी गर्ने देवघाट युवा तथा खेलकुद विकास समितिका अध्यक्ष अमर फेवाली मगरले बताए ।

देवघाट गाउपालिकाले यस बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा उदाहरणीय सहभागिता र हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन गरेको जिल्ला खेलकुद बिकास समिती तनहुँको अध्यक्ष अनिल पाण्डेले बताए ।
प्रदेश स्तरमा हुने राष्ट्रपति रनिङसिल्डमा खेलिने भलिवलको टिममा देवघाटबाट एक/एक जना छात्र छात्रा छनौट भएकाे जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन