बन्दिपुर घुम्न आउनुस् है

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस ११

बन्दिपुर घुम्नकोलागि आन्तरिक पर्यटकलाई निम्ता दिन बन्दिपुरेहरु ठुला शहर तर्फ लागेका छन् । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको नेतृत्वमा बन्दिपुरका व्यवसायी, पर्यटनविद तथा सन्चारकर्मीहरु बुधबारबाट निम्तो दिन ठुला शहर तर्फ हिडेका हुन् ।

विगतका वर्षहरुको जस्तै आन्तरिक पर्यटकको संख्या बढाउन बन्दिपुर गाउँपालिकाले ‘जाऔं हैं बन्दीपुर’ अभियान सुरु गरेको छ । सोही अभियान अन्तर्गत होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योगीहरुसहितको टोली निम्तो बाँड्ने अभियान लिएर मुख्य शहरी क्षेत्र तर्फ लागेका हुन् ।

यस क्रममा चितवन हुँदै भैरवहा पुगेर अभियान सुरु गर्ने र काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका मुख्य शहरमा बन्दिपुरको पर्यटनको बारेमा प्रचारप्रसार तथा अन्तक्रिया गर्दै बन्दिपुर घुम्नको लागि निम्तो दिने कार्यक्रम रहेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए । बन्दीपुरमा कोभिड महामारी अघिसम्म वर्षमा डेढ लाख जनासम्म पर्यटक बर्षमा आउँथे, कोभिड पछि त्यो संख्या घटेर ५० हजारमा झ¥यो, अहिले फेरि पुरानै अवस्थामा फर्काउन गाउँपालिकाको अगुवाइमा अभियान चलाएको अध्यक्ष थापाले बताए ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई बन्दीपुर भित्र्याउन जाऔं हैं बन्दीपुर अभियान देशका प्रमुख शहरमा केन्द्रित गरिएको छ । सो टोली चितवन हुँदै रूपन्देहीको बुटवल भैरहवाबाट अभियान सुरु गर्न हिँडेको पालिका अध्यक्ष थापाले बताए । पहाडकी रानीको रुपमा चिनिने बन्दिपुरको पर्यटनलाई विगतको जस्तै चलायामान गराउन अभियान चालिएको थापाले बताए ।

अभियान बुधबारबाट सुरु भएपनि सन २०२४ भरि नै देशका प्रमुख शहरमा पुगेर बन्दीपुरका बारेमा प्रचारप्रसार गर्ने, विभिन्न अभियान चलाउने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाका अनुसार यसपटक चितवन, बुटवल, भैरहवा, पाल्पा र पोखरासम्म पुगेर भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

पृथ्वी राजमार्गको डुम्रे बजारबाट ९ किलोमिटर कालोपत्रे उकालो बाटो गएपछि सजिलैसँग बन्दिपुर पुग्न सकिन्छ । विगतमा ठोरी हुँदै भारतदेखि तिब्बतसम्म हुने व्यापारको प्रमुख केन्द्रका रूपमा रहेको बन्दीपुरमा भक्तपुरे प्राचीनकला संस्कृति देख्न सकिने अध्यक्ष थापाले बताए ।

आगामी नेपाली नयाँ बर्षको अवसरमा बन्दीपुरमा वृहत सांस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउन यसपटक बन्दीपुर जाने भन्ने अभियानलाई तीब्र पारिने गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले बर्षभरि नै चलाउने यो अभियानबाट १ लाखभन्दा बढी पर्यटकलाई बन्दीपुर भि¥याउने योजना छ । गाउँपालिकाले विभिन्न पर्यटकीय केन्द्रहरुको जानकारी दिन डिजिटल क्यूआर बोर्डको समेत व्यवस्था गरेको छ । ती पर्यटकीय केन्द्रमा पुगेर क्यूआर स्क्यान गर्दा त्यसका बारेमा पूर्ण विवरणसहितको जानकारी प्राप्त हुने पालिका अध्यक्ष थापाले बताए ।

बन्दिपुर पर्यटन परिषदका पुर्व अध्यक्ष तथा होटल व्यवसायी बैंश गुरुङले जाऔं है बन्दीपुर अभियानलाई लक्षित गरेर होटल लगायतका क्षेत्रमा विषेश अफर र प्याकेजहरु घोषणा गरिने बताए । बन्दीपुरमा साना ठूला गरेर ६६ वटा होटल छन् । एक पाँच तारे होटल र केवलकार निर्माणको अन्तिम चरणमा छ । बन्दीपुरमा एक रातमा होटलमा ५ सय होमस्टेमा ४ सय जना बस्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन