नबिर्सने यात्रा !

Devghat Online

शेयर गरौ

यात्रा संस्मरण

माधव प्रसाद अधिकारी

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मन्च तनहूँले आयोजना गरेको एक दिने साहित्यिक अबलोकन एबम काब्य गोष्ठी कार्यक्रममा भाग लिन हामी २०८० पौष ७ गते तनहँुको भिमाद नगरपालिकामा पुग्यौं । बिहानको चिसो सिरेठो सित टप–टप यसको कुनै प्रबाह नगरी हामी २० जना साहित्य प्रेमीसाथीहरु दमौलीबाट भिमादसम्म साहित्यिक यात्रामा अगाडी बढ्यौं । नजिकको तिर्थ हेला हुन्छ, बेलाबखत । खासमा दमौलीबाट भिमाद त्यति टाढाको गन्तब्य होइन यस पाली रैथाने टुरिष्ट बनेर भिमादको अग्लाई राम्रै सँग नापियो । यो नियोजित नभै अप्रत्यासित यात्रा थियो । भनिन्छ यात्रा अप्रत्यासित नै रोमान्चक हुन्छ भयो पनि त्यस्तै सबै बन्दोबस्ती गरेर तय गरिने यात्रा भन्दा अनपेक्षित यात्रा रोचक हुन्छ । यसपाली भिमादसम्म यात्रा पनि अनपेक्षित तर रोचक रह्यो । बिहानको करिब ८ बजे भिमाद तिर हुइकिएको हाम्रो गाडी पृथ्वि राजमार्गको को उपÞmरमाउलो बाटो छिचोल्दै भिमाद नगर प्रवेश गर्दा हामीलाई स्वागत गरिएको बिहानी खाजा मकैको फुलै फुलले भरिएको थालभरि भुटेको मकै र रैथाने अदुवाको चियाको स्वादले बालापनमा हजुरआमाले हाँडिमा भुटेको मकैका डाइना (ठेला) र मोही त भुर्लुक्कै बिर्सिएछ । स्वागतमा हामीलाई कुरेरै बस्नु भएका भिमाद नगर प्रमुख दधिराज सुबेदी, सेतीकाली साहित्य संगमका अध्यक्ष नारयण कैलाश सिग्देल लगाएतका साथीहरुलाई केहि समयको पर्खाइमा पक्कै पनि नियास्रो त भयो होला तर हामी पुगेपछि र गीतल प्रतिष्ठानका अध्यक्ष आकास अधिकारीले साहित्यको प्रतिमा बिर्खे टोपी लगाएर नगर प्रमुखसँग सम्बन्ध गाँसेपछि भुलचुक सबै यात्रामा परिणत भए । नारायण कैलास सिग्देललाई भने बिर्खे टोपी मैले सचिब तोपलिएर लगाइदिए ।

अनि शुरु भयो हाम्रो साहित्यिक यात्रा

जे देख्छौ तेही लेख्छौ उद्घोषका साथ भिमादमा रहेको सिद्ध गुफा र चेमेरे गुफा तर्फ अगाडी बढ़ेउ हामी सगै भिमाद नगर प्रमुख धुलाम्मे गाडी चड्दा त एक छिन म छक्क परँे । लावालस्कर र चिल्लो गाडी अगाडी पछाडी सहयोगी लिएर हिड्ने हाम्रा मेयर साबहरु देखेको बानि एकछिन त भिमाद मेयर साबको पृथक र शालीन शैलीले भाबुक पनि बनायो । उँहा मेयर साब होइन रहेछ नगर प्रमुख रहेछ ।

हेर्न जान्यो भने भेटिन्छ
मृदुफल अकारा बकरामा
जानेन खोज्न भने माग्छ
एक सुका सुनको कतरामा ।

वास्तवमा यस्तै भएको छ हामी नेपालीलाई। हाम्रो देश सानो भए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । कतै हिमाल, कतै हरिया पहाड त कतै झरना र कतै कलाकृति । प्रकृतिको अनुपम बरदानलाई चिन्न सकेन भने सुनको थालीमा माग्दै हिँडे जस्तो हुन्छ । यस्तै भैरहेको छ यहाँ ।

भिमादको अतिनै मनमोहक ठाँउ सिद्ध गुफा र चमेरा गुफा पहाड र जङ्गलको बिचमा रहेको प्राकृतिक सुन्दरता बोकेको छुट्टै अस्तित्व भिमाद बजार बाट करिब ३ किलोमिटर दक्षिण पश्चिम मा रहेको छ । धुन्धु खोलाको कन्चन पानिसँग खेल्दै झोलुंगे पुल तरेर गुन्जी रहेको झ्यौकिरीको आवाज मस्तिस्कमा कैद गर्दै सिद्ध गुफाको समिप नयनले चाल पाइसकेको थियो झाडी भित्र रहेको सिस्नोले चर्म स्पर्स गर्दा झसङ्ग झसङ्ग हँदा मेयरसाब भन्दै हुनुहुन्थ्यो यो त जैविक बिबिधता हो अझै संरक्षण गर्ने हो । प्रकति प्रेमी पनि हुनुहुँदो रहेछ । बन्दै गरेको गुफाको मुखैमा रहेको सिद्ध बाबाको मन्दिरमा दर्शन पश्चात अब भने हाम्रो पाइला छिरे सिद्ध गुफा भित्र ।

निस्पट्ट अँध्यारो गाइड सुर्य बहादुर थापाले एक मिनेट आँखा बन्द गर्नुस् भन्नु भयो अनि जुत्ता पनि खोल्नु पर्ने रहिछ । हामीले मोबाइलको टर्चलाइट निभायौं र, आँखा चिम्म ग¥यौं । कस्तो शान्त वातावरण् नौलो अनुभूति सगाँले मैले । ११ तला सम्म थियो रे पछि गुफाभित्र चुनहरु पग्लदै जादा गुफा सगुरिएको रहेछ हामी ३ तला सम्म पुग्यौं एकै छिन् भने पनि पाताल पुगेको अनुभब पो गरियो शारदा, कल्पना शान्ता शिब भजन गाउन माहिर रहेछन् शिब भजन गुफा भित्र गाइयो गाउन नजाने पनि म भने एक छिन नाचे ।

ठूलो चट्टानको बीच भागमा गुफा छ । प्रबेशद्वार साँघुरो भएपनि भित्र पुरै फराकिलो तह तह परेको उक्लने खिड्किला प्राकृतिक रुपमै बनेका सिडी, र अग्लो उचाइ छ । गुफाको लम्बाई धेरै भित्रसम्म छ तर अहिले तेस्रो तलासम्म जान सकिन्छ । गुफा वरपर आराम गर्ने चौतारा, पानीको धारा र शौचालय निर्माणाधीन अबस्थामा रहेछन् आशा छ छिट्टै निर्मण सम्पन्न हुनेछन् ।

गुफा पुग्ने बाटो र भित्र सजिलो बनाउनु जरुरी छ । बिजुली भएमा सबै आकृति राम्रोसँग देख्न पाइन्छ । अहिले टर्च लाइटको भरमा हेर्नु पर्छ । गुफालाई धार्मिक तथा एतिहासिक तिर्थका रुपमा विकास गर्न सकिन्छ । गुफाभित्र फेला परेका पुराना सामान सजाएर प्रदर्शन कक्ष बनाउन समितिले ध्यान दिनुपर्छ । सरकार र पर्यटन बोर्डले समेत यसमा हातेमालो गर्नु पर्छ मैले यहि अनुभब गरे । गुफा घुम्ने मुख्य सिजन, कार्तिकदेखि फागुनसम्म उत्तम समय जस्तो लाग्यो भौगोलिक बनावटले गर्दा । गुफा प्रबेश गर्न नेपालीले ३० रुपैयाँ तिर्नुपर्ने रहेछ गाइड भने निसुल्क नै मिल्यो । करिब ३० मिनेटको सिद्ध गुफा अबलोकनपछि हाम्रो यात्रा नजिकै को चमेरे गुफा तिर लम्कियो क्या अचम्म लाखौको सख्यामा चमेराहरुको छुट्टै संसार देखेर दङ्ग परियो । यसको संरक्षण अझै गर्नुहोस है मेयरसाब भन्दै मध्यान्नपछि हाम्रो यात्रा मिछुर्लुंग होमस्टे तर्फ मोडियो ।

होमस्टेमा स्वागत

पक्कि भित्रको कच्ची बाटो हुदै मिछुर्लुंग पुग्दा अधिकांश घरहरु ढुंगाले छाएका पुरानो सैलिमा गुन्द्रीका तान हत्तासो र परालको गुन्द्री देख्दा फेरी गुच्चा खेलौ खेलौ लाग्यो काठको पुरानो दराज, स्टिलका थाल र कचौरा यथास्थानमा सजाएर राखिएको छ । स्याखु, थुन्से झुन्ड्याइएको छ । ओदानमा आलु पिडालु पाक्दै थियो । धुवाँले भरिएको कोठा, तैपनि पाहुनाको लागि परिकार बनाउन मै मक्ख, मिछुर्लुंगबासी मागरनी दिदि बहिनीहरु हामी पुग्ने बित्तिकै गेटमा अतिथि स्वागतका लागि माला सहितको अबिरर्पणले मोहोनी लगाईहाल्यो गाउँमा पाकेको परिकार बत्तीसै दन्तले चपाई चपाई खादा मैले एक छिन दमौली नै बिर्सिएँ ।

मगर्नी दिदिले ‘झल्को लाछ मिछुर्लुंग गाउँको के को चिनो दाई लान्छौत यो ठाउँको’ भन्दा शान्ता बास्तोलाले जवाफ फकाईन् ‘कति मिठो गित गायौ कालु्, देउ न तानी दाई एक डल्लो पिडालु’ ।
उधुम रमाइलो भायो । सपना, कल्पना, बिन्दु, शान्ता, शारदा छमछम नाचे एक छिन त मिछुर्लुंग गाँउ छोडन मनै थिएन । डाँडामा रहेको मिछुर्लुंग भ्यु टावरबाट आफु फर्कने बाटो नियाल्दै टावरबाट देखिने हिमश्रृंखला र महाभारत श्रृंखलाको दृश्यको मज्जा लिँदा साथी प्रताप रानाले बनाउनु भएको लाफा भिलेज छुटाउन मन लागेन । निकै मेहनत साथ पर्यटक लोभ्याउने तरिकाले निर्माण गराउनु भएको रहेछ, उहाँको मेहनतलाई क्यामरामा कैद गर्दै गर्दा डाडाँमाथि घाम पुगिसकेको थियो ।

गोधुली साझ भिमाद नगरपालिकाको हल, आजको अन्तिम र सस्मरण योग्य समय । समयको कुनै प्रबाह नगरी हाम्रो पर्खीमा रहनु भएका नगर प्रमुख दधिराज सुबेदीज्यु को प्रमुख आथित्यता भएको काब्य गोष्ठीमा रुपक बनबासी, भिम रानाभाट जनार्दन दाहाल, चन्द्रमणि अधिकारी लगाएतका थुप्रै सर्जकहरुको रचनाको स्वाद चाख्दै र भिमाद नगरपालिकाको अघाध माया मन भरि सगाल्दै पाइला दमौली तिर फर्कियो । यात्रामा सहभागी आकाश अधिकारी, शान्ता बास्तोला, कल्पना घिमिरे, हरिश्चन्द्र वाग्ले, बन्धुराज अधिकारी, सपना कुमारी शर्मा अधिकारी, बिन्दु नैनावास्ती, गीता अधिकारी, कल्पना भट्टराई, जनार्दन दाहाल, सन्देश अधिकारी, नरमाया आले, शारदा काफ्ले, गौ कुमारी न्यौपाने, नारायण कैलाश सिग्देल, भिम रानाभाट, रामु पौडेल, कुमार मोहन श्रेष्ठ, रुपक वनवासी, किस्मत केसी, शान्ति रानाभाट, शरद गैरे, चन्द्रमणि अधिकारी, संगीता कंडेल, बबिता थापा, ठारेन्द्र थापा, बाबुराजा मल्ल सबै प्रति हार्दिक आभार ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न