जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

शेयर गरौ

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएको छ ।

अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाने उनका एक वकिलले बताए ।

लामिछाने जिल्ला अदालत काठमाडौंबाट शुक्रवार मात्रै जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका थिए ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो ।

जसअनुसार लामिछानेलाई ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना हुनेछ । यसको टुंगो भने पुस २५ गते लाग्नेछ ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । उच्चले फैसला नसुनाएसम्म उनले जेल बस्नुपर्ने छैन ।

लामिछानेविरुद्ध गत वर्षको भदौमा एक किशोरीले बलात्कार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक