तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

Devghat Online

शेयर गरौ

दमौली, पुस १४

बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

उनले भने, “उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छाैँ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले