देवघाटको धार्मिक पर्यटनको विकास गर्न पहल गर्छुः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सेना

Devghat Online

शेयर गरौ

देवघाट, पुस १८

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकास गर्न पहल गर्ने बताएका छन् । बुधबार विहान देवघाट गाउँपालिका–५ कालिमाटी स्थित जगन्नाथ शान्ति कुन्ज (बृद्धाश्रम) तथा भर्जन कालिका मन्दिरको अवलोकन गर्दै अध्यक्ष तिमिल्सेनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनकोलागि महत्वपुर्ण स्थान भएको हुँदा यसको विकास र प्रचार प्रसारकोलागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

देवघाटको विकासकोलागि प्रधानमन्त्रीको तहमा पनि आफुले कुरा राख्ने अध्यक्ष तिमिल्सेनाले बताए । सो अवसरमा अध्यक्ष तिमिल्सेनालाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा तथा उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटको विकासकोलागि संघीय सरकारले नै अपनत्व लिएर काम गर्नु पर्ने बताए । देवघाटमा धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको हुँदा यी विषयमा संघीय सरकारले विशेष ध्यान दिनु पर्ने र देवघाट जोड्ने विभिन्न ठाउँमा मोटरेवल पुल निर्माणकोलागि बजेट विनियोजन गर्नु पर्ने बताएका थिए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले जनस्तरबाट निर्मित भर्जन कालिका मन्दिरको आवश्यक निर्माणको कामको जिम्मेबारी गाउँपालिकाले लिने र बजेट विनियोजन गर्ने बताए ।

सो अवरसरमा नेकपा एमालेका नेता बिजय सुवेदी, नवराज ढकाल, नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, जगन्नाथ शान्ति कुन्जका अध्यक्ष शैलेन्द्र पिया, स्थानीय समाजसेवी बद्री मिश्रलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष