आबुँखैरेनी, पुस १८
आँबुखैरेनी अस्पतालमा मुटु सम्बन्धि स्वास्थ्य जाँच हुने भएको छ । चितवन मुटु अस्पताल प्रा.ली.का बरिष्ट मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी लगायतका टिम सहितको टोलीले आगामी पुस २१ गते शनिबार आबुँखैरेनीबासीको मुटुको स्वास्थ्य जाँच गर्ने भएको हो ।
उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा मुटु (रक्तचाप) सम्बन्धीको बिरामीहरुले स्वास्थ्य जाँच तथा सेवा लिनको लागि सम्बन्धित सबैमा अनुरोध गरिएको आबुँखैरेनी अस्पतालले जनाएको छ । उक्त सेवा विहान ११ बजेदेखी आबुँखैरेनी अस्पतालमा हुनेछ ।
उक्त अवसरमा मुटु सम्बन्धि निःशुल्क परामर्श सेवा हुने तथा निदानात्मक सेवाहरु (जस्तै ल्याब, एक्सरे, यूएसजी) मा ५० प्रतिशत छुट हुनेछ । त्यसैगरि इको सेवाकोलागि एक हजार रुपैयाँ शुल्क तोकिएको आबुँखैरेनी अस्पतालले जनाएको छ ।