चन्द्रज्योती मावि घिरिङको ६५ औँ वार्षिकोत्सब सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, पुस २१

घिरिङ गाउँपालिका–३ सुन्धारामा स्थित चन्द्रज्योती माविको ६५ औँ वार्षिकोत्सब तथा अभिभावक दिबस समारोह शुक्रबार सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथी घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले बिद्यार्थी कम भएका बिधालयलाई पायक पर्ने बिधालय सँग मर्ज गर्ने योजना रहेकोले गाउँपालिकाले सबै बिद्यालयहरुको प्रत्यक्ष निनरानी गरिरहेको बताए । शिक्षक क्षमता वृद्धिको लागि गाउँपालिकाले यहि आर्थिक बर्ष भित्र प्रशिक्षण कार्यक्रम आयोजन गर्ने अध्यक्ष थापाको भनाई थियो । साथै गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राखी वडा नम्बर ३ को रानिपोखरिमा अस्पताल निर्माण गर्ने तयारी भैरहेको पनि अध्यक्ष थापाले बताए ।

कृष्ण मोटरमार्गको स्तर बृद्दी गर्न संघिय सरकारसँग विशेष पहल भैरहेको भन्दै अध्यक्ष थापाले मुद्दा टुङ्गो लागेपछि यसलाई पालिकास्तर बाट पनि बिशेष बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए । चन्द्रज्योती माविको निर्माणाधीन भौतिक संरचना सभाहल पालिकाले पूरा गर्ने र घिरिङको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा निर्माण गरिएको गोफा तालको निर्माणकार्य अगाडि बढाउन गाउँपालिका लागिपरेको बताए ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर राना र नेकपा एमालेका नेता बिष्णुभक्त सिग्देलले घिरिङको कृष्ण मोटर मार्गको धुलाम्मे र हिलाम्मे अबस्थाको जिम्मेवार तनहुँबाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि भएको र यसमा सरकारको ध्यान पुग्न नसकेको बताए ।

सो कार्यक्रमको अबसरमा एसईइ र कक्षा १२ का सबै बिद्यार्थी लाई अ–आफ्नो बिषयमा उतिर्ण गराउन सफल तीन शिक्षक सम्मानित भएका थिए । सम्मानित हुनेमा जनक सिग्देल, शिशिर शर्मा र आरती सुवेदी रहेका छन् । यस्तै तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङिशल्ड प्रतियोगितामा ४ सय मिटर छात्रा दौडमा प्रथम भएकी सोहि बिद्यालयमा अध्ययनरत अन्जु परियारलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

यसैगरी बिद्यालयले बिद्यार्थी बर्ष ‘चन्द्रज्योती स्टुडेन्ट अफ द इयर २०७९’ को छात्रबृत्ती काक्षा ९ की यु मायाँ थापालाई प्रदान गरेको थियो । बिद्यालयले अक्षयकोषबाट उत्कृष्ट बिद्यार्थी छात्रवृत्ति अमृता नेपाली, यु मायाँ थापा र रक्षिता थापा लाई सम्मान गरेको थियो भने उत्कृष्ट जेहेन्दार छात्रवृत्ति सोबिता राना, दिल मायाँ थापा, एलिजा थापालाई प्रदान गरेको थियो ।

यसैविच बिद्यालयको बार्षिकोत्सबको अबसरमा दमौली संगम क्लब दमौलीले चन्द्रज्योती मावि शैक्षिक प्रोत्साहन अक्षयकोषको सम्झौतापत्र बिद्यालय लाई हस्तान्तरण गरेको छ । क्लबको तर्फबाट अध्यक्ष नरेन्द्र वाग्लेले बिद्यार्थीलाई भलिबल र छात्राहरुलाई स्यानिटरी प्याड समेत हस्तान्तरण गरिएको थियो । बिद्यालयले शैक्षिक प्रोत्साहन छात्रवृत्ति १२ जनालाई प्रदान गरेको थियो । यस्तै बिद्यालयलाई आर्थिक सहयोग गर्ने १० जना सहयोगी दाताहरुलाई लाई पनि सम्मान गरिएको थियो ।

सो कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख उद्धवराज कट्टेल, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गैह्रे, पेशागत महासंघ तनहुँका अध्यक्ष ध्रुब राज सिग्देल, दमौली संगम क्लबका अध्यक्ष नरेन्द्रराज वाग्ले, नेपाली कांग्रेस घिरिङका सभापति याम बहादुर थापा, माओबादी केन्द्र घिरिङका अध्यक्ष चुन नारायण श्रेष्ठ, बिद्यालयका निबर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष होमराज श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाले स्वागत मन्तब्य राखेका थिए भने शिक्षिका महाकाली रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन् । उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए साथमा घिरिङ सुनधारा पन्चेबाजा समुहले पन्चेवाजा बजाएर स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू