रिसिङ गाउँपालिकाले अल्ट्रा म्याराथन आयोजना गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

रिसिङ गाउँपालिकाले यस वर्ष पनि अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रिसिङलाई देशैभरी परिचित गराउने उदेश्यले यही पुस २७ गते अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिने बताए ।

उनले रिसिङको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ नियमित रुपमा प्रत्येक बर्ष म्याराथन गरिदै आएको जानकारी दिए । पहिलो बर्ष १३६ जनाले सहभागीता जनाएका थिए । त्यस्तै दोस्रो बर्ष पनि त्यतिकै संख्यामा धावाकले सहभागिता जनाएको भन्दै श्रेष्ठले यसबर्ष पनि धावकको संख्यामा वृद्धि हुने बताए ।

रिसिङ गाउँपालिकाले अल्ट्रा म्याराथनलाई प्राथमिकता दिएर खेलकुदलाई प्रोत्साहन गरेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए । शारीरिक तन्दुरुस्त मात्र नभएर खेलकुदलाई प्राथमिकता राख्नु राम्रो भएको भन्दै लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने र देश भरिका धावकलाई बोलाएर कार्यक्रम गर्दा अन्यत्र पनि प्रचारप्रसार हुने र रिसिङको प्रचारमा सहयोग पुग्ने वाग्लेले बताए ।

उक्त दौड रिसिङको प्रबेशद्वारबाट धारुङ भन्ज्याङबाट सुरु भई दुबुङको भ्यु टावर सम्म पुग्नेछ । म्याराथन प्रतियोगिता ४२.५ किलोमिटरको दुरी रहनेछ । प्रतियोगितामा सहभागी हुन २६ गते सम्म धावकले फाराम भर्न सकिने गाउँपालिकाले जनाएको छ । म्याराथनमा प्रथम हुने धावकलाई ६५ हजार दित्तिय हुनेले ४० हजार र तृतीय हुने धावकले २५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै पाँच जनालाई पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने खेल संयोजक दल बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म