तउवासंघ दमौली बजार इकाईको अध्यक्षमा मल्ल सर्वसम्मत

Devghat Online

शेयर गरौ

दमौली, पुस २२

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्ष शुकनारयण मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।

निबारदेखी सुरु भएको इकाईको २८ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट मल्ल इकाईको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

शनिबार सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्ष पदमा मल्ल सहित निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ राकु र पुर्व कोषाध्यक्ष बिन्दुलाल श्रेष्ठले पनि उम्मेदबारी दिएकोमा आइतबार विहान श्रेष्ठद्वयले उम्मेदबारी फिर्ता लिई मल्ललाई सर्वसम्मत बनाएका थिए ।

इकाईको उपाध्यक्ष, कोषाध्यक्ष र जिल्ला प्रतिनिधि पदमा आईतबार दिउँसो २ बजेदेखी मतदान भएको छ । सदस्यहरुमा भने सर्वसम्मत भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त