देवघाटमा लाग्ने माघे सक्रान्ति मेलालाई व्यवस्थित बनाउन चितवनमा बैठक

Devghat Online

शेयर गरौ

देवघाट, पुस २२

देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई भव्य र व्यवस्थित बनाउन आइतबार चितवनमा बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सो बैठकले माघे सक्रान्ति मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देवघाटधामको महिमा र पहिचानको उजागर गर्ने हुँदा मेलालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षाको बारेमा विशेष ध्यान दिनुपर्ने निर्णय गरेको थियो । यस अघि गत पुस १३ गते गठित विभिन्न उसमितिलाई परिचालन गरि मेलालाई भव्य र व्यवस्थित बनाउने बैठकले निर्णय गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

बैठकले देवघाट जाने भक्तजनलाई जानकोलागि रामनगरको जंगल हुँदै जाने र फर्कदाँ आँपटारीको सडक हुँदै फर्कने रुट निर्धारण समेत गरेको छ । त्यसैगरि दासढुङ्गा, ठिमुरा र हर्दीको मोटरेवल पुललाई पनि विकल्पको रुपमा प्रयोग गर्न सकिने कार्यकारी निर्दशक बरालले बताए । ठिमुराको पुलमा निर्माण व्यवसायीले माटो फिलिङ गरेर यातयात सन्चालनको लागि तयारी बनाएको पनि बरालले जानकारी दिए ।

देवघाट गाउँपालिका प्रवेश गर्ने त्रिशुलीको झोलुङ्गे पुल अहिले मर्मतको क्रममा रहेको र मेलाको दिनमा उक्त पुलमा विगतको वर्षमा झैं भार कम पर्ने गरि लाईन लगाएर मात्र भक्तजनलाई वारपार गराउने बरालले बताए ।
मेलाको समयमा चोरी, लुटपाट तथा दुव्र्यवहारको घटना हुनसक्ने हुँदा प्रभावकारी सुरक्षा व्यवस्थापनको लागि आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ । यसकोलागि तनहुबाट देवघाटका प्रहरी बाहेक १ सय जना नेपाल प्रहरी र ३० जना शसस्त्र प्रहरी तथा चितवनबाट १ सय ५० जना प्रहरी र आवश्यक संख्यामा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

माघे संक्रान्ति मेला सन्चालनको लागि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ भने साथै विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् ।

गठित उपसमितिहरुमा स्वंयमसेवक परिचालन उप–समिति, धुनी ब्यबस्थापन उप–समिति, बजार ब्यबस्थापन, सरसफाई तथा अस्थायी शौचालय व्यस्थापन उप–समिति, खानेपानि व्यवस्थापन उपसमिति, प्राथमीक स्वास्थ्य उपचार उपसमिति, सडक बत्ती व्यस्थापन उप–समिति, आकस्मिक उद्दार एवं स्नानघाट सुरक्षा ब्यावस्थापन उपसमिति, मेला व्यवस्थापन मुल समिती सचिवालय समिति, सुचना सन्चार एवं प्रचार प्रसार उप–समिति, मेला सुरक्षा व्यबस्थापन उपसमिति, रुट निर्धारण उपसमिति, सडक मर्मत तथा सम्भार उपसमिति, बिघुत नियमित आपुर्ती उपसमिति, डुङ्गा एवम् घाट ब्यबस्थापन उपसमिती, मेला अनुगमन तथा मूल्यांकन उपसमिति तथा पार्किङ उपसमिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने