दमौली, पुस २२
घिरिङ गाउँपालिकाले कला र संस्कृतीको संरक्षणकोलागि नौमती बाजा हस्तान्तरण गरेको छ । ‘हाम्रो संस्कृति जगेर्ना अभियान’ अन्तगर्त संस्कृतीको संरक्षण, कलाको बिकास, सामाजिक सद्भाव बढाउन तथा नौमती बाजाको ब्यवसायिकिकरणमा जोड दिने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर ३ स्थित नेवापानी नौमती बाजा समुहलाई घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले नौमती बाजा हस्तान्तरण गरे ।
सो अवसरमा अध्यक्ष थापाले स्थानीय कला र संस्कृतीको संरक्षणकोलागि नौमती बाजाले सहयोग पु¥याउने बताए ।
सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाको समेत उपस्थिति रहेको थियो ।