पुर्व विद्यार्थी समाजद्वारा क्यान्सर पीडितलाई सहयोग

Devghat Online

शेयर गरौ

दमौली, माघ २

निर्मल मावि पूर्व विद्यार्थी ग्रुप २०४५ एसएलसी समूहले व्यास नपा–६ साँगेकी क्यान्सर पिडीत बिमला शाहीलाई उपचारकोलागि आर्थिक सहयोग गरेको छ । उक्त विद्यार्थी समुहले सोमबार क्यान्सर पीडित शाहीको उपचारको लागि १५ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

समुहका सदस्यहरुबाट संकलित उक्त रकम समुहको अनसन पार्कमा बसेको बैठकको अवसर पारेर समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले बिरामीका वुवालाई हस्तान्तरण गरेका थिए ।

उक्त विद्यार्थी समुहले यस अघि पनि मुर्गौला, मुटुरोगी तथा कोभिड समयमा निःशुल्क भोजन, कृयापुत्री घरमा सहयोग, मिर्गौला डायलासिस केन्द्रमा स्वास्थ्य सामाग्री प्रदान एवं हालै व्यास १२ स्थित सिद्देश्वरी मावि कमलबारीका ३३ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक