जनआन्दोलनमा तोडफोड गरिएको राजा महेन्द्रको शालिकमा टाउको जोडियो

Devghat Online

शेयर गरौ

दमौली, माघ ३

तनहुँको व्यास नपा ३ मा रहेको पुर्व राजा महेन्द्रको अर्धकदको शालिकमा टाउको जोडिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले बुधबार विहान ४ बजे उक्त शालिकमा टाउको जोडिएको हो । साईत हेराएर शालिकमा टाउको जोडिएको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले बताए ।

उक्त शालिक २०६२÷०६३ को जनआन्दोलनको क्रममा युवा विद्यार्थीले तोडफोड गरि टाउको छ्ुट्याईदिएका थिए । गत पुस २७ गते पृथ्वि जयन्तीको अवसरमा सो शालिकमा टाउको जोड्ने राप्रपाको तयारी भएपनि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि राप्रपाको तयारी बिथोलिएको थियो ।

यो कार्य शालिक मात्र नभएर इतिहाँसको संरक्षण पनि भएको राप्रपा तनहुँका अध्यक्ष घर्तीले बताए । टाउको बिनाको शालिकले कुरुप बनेको पार्कमा टाउको सहितको शालिक भएपछि यसले पार्कको सुन्दरता पनि हुने र इतिहाँसको पनि संरक्षण हुने घर्तीले बताए ।

नेपालको स्वाधिनता र सम्प्रभुतामा राजा महेन्द्रको निकै ठुलो योगदान रहेको भन्दै घर्तीले त्यसैको सम्मान स्वरुप पनि शालिक स्थापना गरिएको बताए । उनले प्रजातान्त्रको लागि योगदान दिएका काँग्रेस र कम्युनिष्टका नेताहरुको शालिक पनि उपयुक्त स्थानमा निर्माण गरिनु पर्ने बताए ।

उक्त शालिकमा टाउको जोडिएपछि तनहुँबासीले सामाजिक सन्जालमा सकारात्मक प्रतिक्रिया जनाएका छन् । यो कार्यले इतिहाँसको संरक्षण हुने र अव प्रशासनले नै उक्त शालिकको संरक्षण गर्नु पर्ने सामाजिक सन्जालका प्रयोगकर्ताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने