चितवनका व्यापारीलाई ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती मागेको आरोपमा ३ जना पक्राउ

Devghat Online

शेयर गरौ

भरतपुर, माघ ३

चितवनका व्यापारीलाई विभिन्न नम्बरबाट फोन गरेर १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्काएको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको असुरैना वडा नं. १ घर भई भरतपुर महानगरपालिका वडा नं. १ मा व्यवसाय गरेर वस्ने करन गुप्तालाई बारम्बार फोन गरेर रकम मागेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका २१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका १ का २६ वर्षीय दिपक वि.क., रतपुर महानगरपालिका २६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दैं लोभ्याएर पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक