नियन्त्रित लागु औषध सहित १ जना व्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ ३

तनहुँमा नियन्त्रित लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका–७ बस्ने २२ बर्षिय को अमदज मिया रहेका छन् ।

बुधबार विहान आँबुखैरेनी गाउँपालिका–१ बरादी स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा आँबुखैरेनी तर्फबाट डुम्रे तर्फ जाँदै गरेको मोटरसाईकलमा सवार मियाले साथमा लुकाई छिपाई ल्याएको नियन्त्रित लागु औषध नेट्राभेट–१० लेखिएको ६५ ट्याब्लेट सहित पक्राउ गरिएको इलाका प्रहरी कायाएलय आबुँखैरेनीले जनाएको छ ।

पक्राउ परेका मियाँलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु