दमौली, माघ ४
व्यास नगरपालिकाका वडा नम्बर १३ को भवन निर्माण सम्पन्न भएको छ । नव निर्मित सो भवनको मेयर बैकुण्ठ न्यौपानेले बुधबार उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मेयर न्यौपानेले सबै वडाका भवन हरू क्रमश बन्दै जाने चरणमा रहेको बताए । पहिलाका गाविस भन्दा अहिले वडामा कामको चाप बढी हुने हुँदा वडा कार्यालयहरू सुविधा सम्पन्न बनाउँदै लानुपर्ने र दिइने सेवाहरू प्रभावकारी बनाउदै लानुपर्नेमा न्यौपानेको जोड थियो । नगरपालिकाले योजना बनाए अनुसार सबै वडा कार्यालयमा पुग्न कालोपत्रे गराइने घोसणा गरेअनुसार त्यो काम पनि अन्तिम चरणमा पुगेको मेयर न्यौपानेले बताए । दमौली केशबटार सुखौरा मार्गको केशवटार सुखौरा खण्ड बहुवर्षिय योजनामा परेको र ५ करोडको टेण्डर आव्हान भएको उनले जानकारी दिए ।
व्यास नपा–१३ का अध्यक्ष बसन्त बहादुर आलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठ, कार्यपालिका सदस्य चन्द्रमाया परियार, नेपाली काँग्रेसका जिल्ला सदस्य डम्बर अधिकारी, वडा सभपती रेशम विक, रास्ट्रिय स्वतन्त्र पार्टीका विश्व बास्तोला, नेकपा माओवादि केन्द्रका कृष्णबहादुर रम्तेल, नेकपा एकीकृत समाजवादीका आनन्द घाघा लगायतका बक्ताहरूले मन्तव्य राखेका थिए ।
पहिलो चरण ०७९÷०८० मा बिश्वास एण्ड वि पु कन्ट्रक्सन काठमाडौंले भ्याट र कन्टिजेन्सि समेत गरि २३ लाख ४७ हजार ९ सय ७८ र दोस्रो तथा अन्तिम चरण आ व ०८०÷०८१ मा गणेश कन्ट्रक्सनले २४ लाख ९ हजार ८ सय ४४ गरि टोटल ४७ लाख ५६ हजार ४ सय २२ रूपयामा भवन निर्माण सम्पन्न भएको नगरपालिकाका योजना शाखाका प्रमुख भेषरजा तिवारीले जानकारी दिए ।
उक्त कार्यक्रमको कार्यपालिका सदस्य कमला घर्तीले स्वागत र सञ्चालन वडा सचिव नवराज कंडेलले गरेका थिए । सो अवसरमा जग्गादाता स्व. गिरिबहादुर घर्तीको परिवार तथा गणेश कन्ट्रक्सन निर्माण कम्पनीका रूद्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।