भरतपुर भ्रमण वर्षको तयारी धुमधाम

Devghat Online

शेयर गरौ

भरतपुर, माघ ५

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ ।भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सांस्कृतिक प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा रहेको प्रतिक्रिया दिन्छन् ।

भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् ।
भरतपुर–२४ का स्थानीय नविन श्रेष्ठले पर्यटकलाई कोदो र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन भण्डार गरेको बताए ।

यस्तै, भरतपुर २८ गोलाघाटका सानु चौधरीले तीन सयवटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए । चौधरीले एक दिनमा सयजना पर्यटकलाई पुग्नेगरी घुंगीको सेट पस्कन सक्नेगरी तयारी पनि गरेको बताए । भरतपुर महानगरपालिकामा दैनिक सात हजार पर्यटकलाई आवास सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोटा र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जीप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सफारी हुने अनुमानका साथ जीप सफारीको गाडी थप गरिएको हो । सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ ।

भरतपुरका राप्ती र नारायणी नदीको तटीय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जीप सफारी सञ्चालन गर्दै आएका छन् भने अब सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ । कसराबाट एक घण्टादेखि चार घण्टासम्म जीप सफारीको प्याकेज तयार गरिएको छ । यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटनका जानकार विश्वराज सुवेदी बताउछन् ।

भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्यांक रहेकोमा भ्रमण वर्ष २०२४ मा दुई लाख बाह्य पर्यटक र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउनेगरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भइसेको छ ।

अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा रहेको बाघलाई यहाँ स्थान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष