म्याग्देमा नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रम अन्तर्गत युवा सम्मेलन

Devghat Online

शेयर गरौ

दमौली, फागुन २९

म्याग्दे गाउँपालिकामा नवप्रवर्तनमा आधारित गाउँपालिका स्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।

स्थानीय स्तरमा नयाँ व्यवसाय गर्न चाहने युवाहरुका लागि लक्षित गरिएको उक्त युवा सम्मेलनमा ४० भन्दा बढि युवाहरुले विभिन्न नयाँ व्यवसायको प्रस्ताव पेश गरेका थिए ।

वडा नम्बर ३ स्थित बेल्टार आमा समुहको भवन आयोजित सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरुलाई नयाँ व्यवसाय गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत नवप्रबर्तनमा आधारित आर्थिक विकास अन्तर्गत उक्त युवा सम्मेलन आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठ, कार्यपालिका सदस्य बद्रिका भट्टराई, नेकपा एमालेका बद्रिनाथ घिमिरे, नेपाली काँग्रेसका रामभक्त घिमिरे, नेकपा माओवादी केन्द्रका बालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका मनोज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको