नक्कली प्रमाणपत्र पेश गरि जागिर खाएको आरोपमा शिक्षिका पौडेल विरुद्ध अख्तियारको मुद्दा

Devghat Online

शेयर गरौ

दमौली, फागुन २९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यास नपा–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार शिक्षिका पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको उजुरी आयोगमा परेको थियो ।

पौडेलले भारतको वाणारसीबाट हाइस्कुल तह उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा काम गरिरहेकी थिइन् ।

तर उक्त प्रमाणपत्र नक्कली भएको पाइएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिम नक्कली प्रमाणपत्र पेश गरी अवैध लाभ उठाएको कसुरमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले