प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

Devghat Online

शेयर गरौ

काठमाडौँ,फागुन ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा आज विश्वासको मत लिने भएका छन् । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसकेका छन् । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेेका हुन् ।

निर्वाचनपछि पहिलो पटक नेकपा (एमाले) सँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । सो क्रममा उनले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाएका थिए । गठबन्धनको विपक्षमा रहेको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए । दोस्रो पटक प्रधानमन्त्रीले १७२ मत पाएका थिए। विपक्षमा ८९ मत परेको थियो ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर रहेका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन् । केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना छ ।

गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेका छन् । प्रतिनिधि सभाको बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची मार्फत जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष