देवघाटधाम जेसीजको अभियान–धार्मिक तिर्थस्थल देवघाटधामको प्रचार प्रसारको लागि गोसाईकुन्डको यात्रा

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ३०

तनहुँ, चितवन र नवलपुरको संगममा रहेको पवित्र धार्मिक तिर्थस्थल देवघाटधामको प्रचार प्रसारको लागि देवघाटधाम जेसीजले ‘देवघाटधाम– गोसाइँकुण्ड यात्रा–२०२४’ सम्पन्न गरेको छ । देवघाटधाम जेसीजका पदाधिकारी र सदस्यहरु सहितको १९ जनाको टोलीले फागुनको अन्तिम साता गोसाईकुन्डको यात्रा गरेको थियो ।

यात्राको क्रममा देवघाटधामको धार्मिक तथा ऐतिहाँसिक महत्वको बारेमा गोसाईकुन्ड सहित रसुवा र नुवाकोटमा अन्तरक्रिया गरि जानकारी गराईएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले जानकारी दिए । सो अवसरमा गोसाईकुन्डमा फागुन २६ गते देवघाटधाम जेसीजको तेश्रो बोर्ड बैठक समेत आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।

देवघाटधाम जेसीजको यस अघिको दोस्रो बोर्ड बैठकको निर्णय अनुसार देवघाट गाउँपालिका अन्तरगत रहेको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोसाईकुन्ड यात्रा तय गरिएको कार्यक्रम संयोजक तथा देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष सुजन गुरूङ्गले बताए ।

यात्राको क्रममा जेसीजका पदाधिकारीहरुले देवघाट क्षेत्रका विभिन्न पर्यटकीय स्थलहरूको व्यानर तथा देवघाट भ्रमणको निमन्त्रणा लेखिएको पोष्टर तथा स्टिकरहरू सार्वजनिक गर्दै देवघाटधामको विषयमा जानकारी गराउदैँ गोसाइँकुण्ड सम्मको यात्रा गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

गोसाईकुन्डबाट बगेर आएको त्रिशुली देवघाटधाममा कालिगन्डकीसँग मिसिएपछि नारायणी नदीको रुपमा बग्छ । पवित्र धार्मिक स्थल गोसाईकुन्डबाट आएको त्रिशुली नदीले देवघाटको धार्मिक महत्वलाई अझ बढाएको हुँदा देवघाट जेसीजले देवघाटधाम र गोसाईकुन्डको सम्बन्ध दर्शाउन बोर्ड बैठक तथा गोसाईकुन्ड यात्रा तय गरिएको महासचिव प्रशन्न ढकालले बताए ।

यात्राका क्रममा देवघाटधाम जेसीजले नुवाकोटको विदुर नगरपालिका तथा नुवाकोटमा रहेको ऐतिहासिक नुवाकोट दरबारको अवलोकन, भैरवी मन्दिरको दर्शनका साथै नुवाकोट जेसीजसँग मित्रमिलन कार्यक्रम गरि देवघाटको धार्मिक महत्वको बारेमा जानकारी गराएको महासचिव ढकालले बताए ।

देवघाट गाउँपालिकामा रहेको युवाहरूको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृत्ति गर्ने उद्देश्यले स्थापित देवघाटधाम जेसीज स्थापना भएको हाल ४ वर्ष को छोटै अवधिमा वर्ष–२०२४ का अध्यक्ष जेसी रघु मल्लले आफ्नो कार्यकाललाई स्वर्णिम र ऐतिहाँसिक बनाउने उद्देश्यले पर्यटन र उद्यमशिलतालाई जोड दिएका छन् ।

पर्यटन र उद्यमशिलाबाट नै समाजको आर्थिक अवस्था सुधार गर्न सकिन्छ, तथा समाजलाई आधुनिकता तर्फ अगाडी बढाउन सकिन्छ भन्ने सोचले युवाहरूको नेतृत्व विकास गर्न र पर्यटन र उद्यमशिलतामा युवा सहभागितालाई जोड दिने कार्यक्रम सन्चालन भईरहेको अध्यक्ष मल्लले बताए ।

१८ देखि ४० वर्ष उमेर भित्रका युवाहरूसँग समर्पित जेसीजको मुख्य उद्देश्य नै नेतृत्व र व्यक्तित्व बिकासमा सहयोग पु¥याउनु भएको भन्दै अध्यक्ष मल्लले देवघाटधाम जेसीजले छोटोे समयमा नै नेपाल जेसीजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । यसै क्रममा देवघाटधाम जेसीजले यस वर्षलाई ‘देवघाटधाम क्षेत्रको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने नारा सहित गोसाइँकुण्ड यात्रा–२०२४ सम्पन्न गरिएको मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय