सडक मापदण्डभित्रको संरचना हटाउन शुक्लागण्डकी नगरपालिकाको अपिल

Devghat Online

शेयर गरौ

दमौली, चैत ७

शुक्लागण्डकी नगरपालिकाले नगरपालिका क्षेत्रमा सडकको मापदण्डभित्र परेका संरचना समयमै हटाएर सहयोग गर्न नगरवासीमा आग्रह गरेको छ । मंगलबार सार्वजनिक अपिल जारी गर्दै नगरपालिकाले उक्त आग्रह गरेको हो । सडक स्तरोन्नती क्षेत्रभित्र पर्ने संरचनाको मुआब्जा निर्धारण गरी क्षतिपुर्ति रकम प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित वडा कार्यालयमा पठाएर तोकेबमोजिमको प्रक्रिया सुरु गरिसकिएको नगरपालिकाले जनाएको छ ।

सडक निर्माणको क्रममा पर्ने स्थानीयवासीको पिरमर्का र समस्यालाई सम्बन्धित निकायबाट सम्बोधन गराउने विषयमा नगरपालिका प्रतिवद्ध रहेको जनाउँदै निर्धारित मितिसम्म संरचना हटाएर क्षतिपुर्ति तथा प्रतिस्थापन रकम मागदावी गरी सडक निर्माण तथा विस्तार कार्यमा सहजिकरण गर्न नगरपालिकाले अपिल गरेको हो ।

मुग्लिङ–पोखरा सडक विस्तारको काम अन्तर्गत बस्ती नभएका अधिकाँश स्थानमा काम धमाधम भइरहदा बजार क्षेत्रमा भने विभिन्न कारण्काले काम सुस्त छ । सडकको सीमाभित्र परेको संरचना हटाउनु पर्ने र विजुलीको पोल सार्नु पर्ने भएकाले पनि कामले गति लिन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय