जन्मदिनको अवसरमा पत्रकार रिमालले गरे प्रेस चौतारी चितवनको भवन निर्माण र कल्याणकारी कोषमा आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

चितवन, चैत ७

पत्रकार महासंघ चितवनका सल्लाहाकार एवम् प्रेस चौतारी चितवनका अग्रज तिलकराम रिमालले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माण र प्रेस चौतारी पत्रकार कल्याणकारी कोषका लागि लागि आर्थिक सहयोग गरेका छन् ।

भरतपुर महानगरपालिका ११ बसेनीमा निर्माणाधीन भवनका लागि पत्रकार रिमालले ५५ हजार ५ सय ४५ र प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि ५ हजार ५ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

पत्रकार रिमालले आफ्नो वुवा भेषराज रिमालको चैत ८ परेको ८४ औं जन्मदिनको सन्दर्भ पारेर भवन निर्माणमा सहयोग गरेको बताए । रिमालले बुवा भेषराज र आमा गौरीदेवी रिमालको नाममा रहने गरी सहयोग गरेको बताए । चितवनमा कान्तिपुर हेल्थ दैनिक सञ्चालन गर्दै आएका रिमालले प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा निर्माण हुनु सुखद कुरा भएकोले त्यसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । प्रेस चौतारीको भवन निर्माणले पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको रिमालले बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि सहयोग गर्ने अग्रज पत्रकार रिमाललाई धन्यवाद दिँदै भवनले निकट भविश्य मै पूर्णता पाउने बताए । उनले पत्रकार रिमाल सबैलाई सहयोग गर्ने, साथ दिने मृतभाषी भएको भन्दैं चितवनको पत्रकारिता क्षेत्रले सिक्नुपर्ने धेरै कुरा रहेको बताए । उनले प्रेस चौतारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा साथ तथा सहयोग गर्न पत्रकार कल्याणकारी कोष स्थापना गरेर त्यससम्वन्धी कार्यविधीसमेत बनाएको बताए ।

कल्याणकारी कोषमा डेढ लाख रकम संकलन भैसकेको छ ।
रिमालको जन्मदिन मनाउने कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारीका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, प्रेस चौतारी चितवनको जिल्ला इन्चार्ज प्रतिमा सिलवाल, पत्रकार महासंघका जिल्ला पदाधिकारीहरु, उवासंघ चितवनका निवर्तमान उपाध्यक्ष शिरिष पन्त, भरतपुर ३ का वडाध्यक्ष विकास थापा, समाजसेवी धर्म कार्की लगायतको उपस्थिती रहेको थियो ।

समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम सकेर तेस्रो तला ढलानको तयारी हुँदैछ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ ।

भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय