दमौली खानेपानीको अध्यक्षमा चार जनाको उम्मेदबारी दर्ता

Devghat Online

शेयर गरौ

दमौली, चैत ९

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चार जनाले उम्मेदबारी दर्ता गरेका छन् । शुक्रबारदेखी सुरु भएको समितिको अधिवेशन अन्तर्गत अध्यक्ष पदकोलागि चार जनाले उम्मेदबारी दिएका हुन् ।

अध्यक्षकोलागि माधव अधिकारी, बुद्धिमान श्रेष्ठ, टुकबहादुर हमाल र राजकुमार श्रेष्ठले उम्मेदबारी दिएका छन् । समितिको उपाध्यक्षमा विश्वेश्वर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि सचिवमा बसुन्धरा घर्ती, योगिता कायस्थ र कृष्ण सुनारको उम्मेदबारी परेको छ भने कोषाध्यक्षमा चिरौंकाजी बतास, हर्षमान श्रेष्ठ र दिर्घबहादुर थापाको उम्मेदबारी परेको छ । समिति आठ जना सदस्यहरुकोलागि ३४ जनाको उम्मेदबारी परेको छ । नयाँ नेतृत्वकोलागि शनिबार निर्वाचन हुनेछ ।

२७ सय उपभोक्ता सदस्य रहेको दमौली खानेपानी उपभोक्ता समितिमा यस पटकबाट अधिवेशन तथा साधारणसभाको लागि १० सदस्य बराबर १ जना प्रतिनिधि चयन भएका छन् । जस अनुसार २५२ जना प्रतिनिधि र १४ जना कार्यसमितिका सदस्यहरु मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष