देवघाटमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, चैत १३

देवघाट गाउँपालिका–५ स्थित कालिगन्डकी नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नम्बर–५ ढकियाडाँडाका ३० वर्षिय रमेश गर्जा मगर रहेका छन् ।

मंगलबार दिउँसो कालिगण्डकी नदिमा माछा मार्ने क्रममा डुबेपछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय देवघाटका प्रहरीले मगरको उद्धार गरि उपचारको लागि चितवन स्थित भरतपुर अस्पताल लगेका थिए ।

उनको उक्त अस्पतालमा उपचारको क्रममा साँझ ६ बजे मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाँले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक