भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन

Devghat Online

शेयर गरौ

भिमाद, चैत्र १७

नेपाल मगर संघ, भिमाद नगर समिति, तनहुँको आयोजनामा सोमबारदेखि सुरु भएको मगर भाषा, अख्खा लिपि तथा संस्कारसम्बन्धी पाँच दिने तालिमको शुक्रबार समापन गरिएको छ ।

भिमाद नगरपालिकाको सहयोगमा सुरु भएको सो तालिमको समापन गर्दै नगर उपप्रमुख शारदा खनालले मगर भाषाले समृद्ध भिमाद निर्माणका लागि महत्वपूर्ण योगदान दिएको बताईन् । मगर भाषालगायत नगर क्षेत्रमा बोलिने अन्य मातृभाषाको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खनालले मातृभाषा र संस्कृति जोगाउन समुदाय पनि जागरुक बन्नुपर्नेमा जोड दिईन्।

भिमाद नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रनबहादुर थापामगरले भिमाद मगर समुदायको बाहुल्यता भएको नगर क्षेत्र भएको उल्लेख गर्दै भाषा, संस्कृति संरक्षणका लागि समुदाय जागरुक भए स्थानीय सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । त्यस्तै, वडा नं. ४ का वडाध्यक्ष रामकृष्ण रानामगरले मगर समुदायले क्षमता विकास गर्दै हरेक क्षेत्रमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय, भिमादका प्रमुख, प्रहरी नायब निरीक्षक उदयराज पौडेल, प्रशिक्षणका मुख्य प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, अर्का प्रशिक्षक एवं वापा रिबहादुर रानामगर, प्रशिक्षार्थी पञ्चकुमार थापामगर, सुनिता मास्कीमगरलगायतले मगर भाषा, अख्खा लिपि र संस्कारका बारेमा बोलेका थिए ।

नेपाल मगर संघ, भिमाद नगर समितिकी अध्यक्ष मनमाया आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रवि थापामगर र उपाध्यक्ष याममाया थापामगरले स्वागत गरेकी थिईन् ।

पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा मगर भाषा तथा अख्खा लिपिसम्बन्धी विषयमा मुख्य प्रशिक्षक रूद्रबहादुर श्रीसमगर र मगर संस्कारसम्बन्धी विषयमा प्रशिक्षक रिबहादुर रानामगरले सहजीकरण गरेको सचिव रवि थापामगरले जानकारी दिए। प्रशिक्षणमा भिमाद नगरपालिकाका ९ वटै वडाको प्रतिनिधित्व हुने गरी ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ