म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको तयारी, झण्डोत्तोलन गरियो

Devghat Online

शेयर गरौ

दमौली, चैत २६

म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनको तयारी भईरहेको छ । वडा नम्बर ४ को नराङ्गेमा निर्माण भएको उक्त प्रशासकीय भवनको आगामी बैशाख ३ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भवन उद्घाटनको तयारी स्वरुप कार्यालय परिसरमा सरसफाई तथा रङ रोगनका कामहरु भईरहेको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन कार्यक्रमलाई भव्य र प्रभावकारी बनाईने बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारयण प्रसाद अधिकारीले नवनिर्मित भवन उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताए । प्रशासकीय भवनको अगाडी सोमबार झण्डोत्तोलन समेत गरियो ।

यसैविच उक्त प्रशासकीय भवनमा सोमबार विहान गाउँकार्यपालिकाको बैठक बसेको थियो । उक्त बैठकले उद्घाटन कार्यक्रमलाई भव्य र व्यवस्थित बनाइने निर्णय गरेको थियो । उक्त बैठकले आगामी बैशाख २ गते नयाँ भवनमा रुद्री पुजा समेत गर्ने निर्णय गरेको थियो ।

नयाँ प्रशासकीय भवनमा बैशाख ६ गतेबाट सेवाग्राही केन्द्र सन्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीलाई एकै ठाउँमा बसेर सेवा लिन सक्ने व्यवस्था उक्त सेवाग्राही केन्द्रमा मिलाईने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

यसैगरि बैशाख ६ गतेबाट गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारी १० बज्न १० मिनेट अघि नै कार्यालय भित्र छिरिसक्नुपर्ने, सो समयमा कार्यालयमा नआउने कर्मचारीको उक्त दिनको हाजिरी रद्ध हुने, कार्यालयमा छिर्नु अघि राष्ट्रियगान गाउनु पर्ने, सरकारी पोशाक अनिवार्य लगाउनु पर्ने, जनु कर्मचारीले सरकारी पोशाक लगाउँदैनन्, उक्त कर्मचारीलाई पोशाक भत्ता निदने लगायतका महत्वपुर्ण निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका