२०४६ पछि सार्वजानिक ओहोदामा बस्नेहरुको सम्पत्ती छानविन हुनुपर्छ–उपसभापती गुरुङ

Devghat Online

शेयर गरौ

दमौली, चैत २८

नेपाली काँग्रेसका उपसभापती तथा पुर्व कानुनमन्त्री धनराज गुरुङले २०४६ सालपछि सार्वजानिक ओहोदामा बस्नेहरु सबैको सम्पत्ती छानविन हुनु पर्ने बताएका छन् । व्यास नपा–६ शिशाघाटमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशमा भ्रष्ट्राचार बढेर पछि परेको हुँदा २०४६ सालपछि सार्वजानिक पदमा बसेका नेता, जनप्रतिनिधी तथा कर्मचारीको सम्पत्ति छानबिन हुनु पर्ने बताए ।

कांग्रेस पार्टी जहिले पनि भ्रष्ट्राचारको बिरुद्ध रहेकोले सबै राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर प्रस्ताव गरेको स्मरण गर्दै उपसभापति गुरुङले भ्रष्ट्राचारको अन्त्य गर्न सकेमात्रै देश माथि उठ्न सक्ने बताए । राजनीतिलाई शुद्धिकरणमा लैजानु पर्ने भन्दै उनले वडाध्यक्ष भए देखि माथिका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ सभापति चुडामणी खनाल, शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित, नेपाली कांग्रेस मध्यनेपालका उपसभापति नवराज पराजुली, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता