एमाले जिल्ला अधिवेशनको तयारी गरिँदै, लोगो सार्वजनिक

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २०

यही बैशाख २८ र २९ गते दमौलीमा हुने नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । अधिवेशनको तयारी अन्तर्गत एमाले तनहुँले विहिबार पार्टी कार्यालय दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिवेशको लोगो सार्वजानिक गरेको हो ।

पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्दीय सल्लाहाकार परिषदका सदस्य एकबहादुर राना, जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरुले लोगो सार्वजानिक गरेका हुन् ।

एमालेको लोगोमा जिल्लाका १० वटै स्थानीय तह समेटिएका छन् भने महर्षि व्यास, आदिकवि भानुभक्त आचार्य र कम्युनिष्ट नेता एकदेव आलेको तश्विर पनि समेटिएको छ । त्यस्तै मादी र सेतीको संगम पनि लोगो भित्र अटेको छ ।

एमाले तनहुँको प्रचार विभागको आयोजना तथा प्रेस चौतारी तनहुँको संयोजनमा भएको सो पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य महतले तनहुँ जिल्लाको अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुनेमा आफु ढुक्क रहेको बताए । जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अधिवशेनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने बताए ।

एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले अधिवेशनमा जिल्लाभरबाट ५६० जना प्रतिनिधिहरु सहभागी हुने बताए । अधिवेशनको लागी प्रतिनिधी चयन वैशाख २१ र २२ गते हुने भएको छ । जस अन्तर्गत जनवर्गिय संगठनको प्रतिनिधी चयन बैशाख २१ गते हुनेछ भने स्थाननीय तहको भुगोल तर्फ बैशाख २२ गते हुने भएको छ ।

प्रतिनिधी चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ जना प्रतिनिधि चयन गरिनेछ भने ५० प्रतिशत थप हुदाँ थप १ प्रतिनिधी थपिनेछ । एवं रितले सोही वमोजिम सदस्य थप हुदै जादा प्रतिनिधीको व्यवस्था ३ हुदाँ महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्ष मुनिका), ६ हुदाँ महिला, ७ हुदाँ युवा महिला, ८ भए पुरुष ९ हुदाँ महिला, १० भए युवा, ११ हुदाँ पुरुष, १२ हुदाँ महिला, १३ हुदाँ पुरुष, १४ युवा महिला को प्रतिनिधीत्व हुनुपर्ने एमालेले जनाएको छ ।

अधिवेशनमा जनवर्गिय संगठनहरु मध्ये अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत,खेलकुद महासंघबाट २ जनाको दरले र प्रेस चौतारी, जनसास्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल ईन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, ईत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशनबाट १ जनाको दरले प्रतिनिधि चयन हुनेछन् ।

अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । एमाले तनहुँको १० औं जिल्ला अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको उद्घाटन दमौली खुल्ला चौरमा हुने र बन्दसत्र व्यास नपा–३ देउरालीनगर स्थित गुम्बा भवनमा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती