दमौली, बैशाख २२
यहि बैशाख २८ र २९ गते दमौलीमा हुने नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशनको लागि आज जिल्ला भरबाट प्रतिनिधि चयन गरिने भएको छ ।
एमाले तनहुँका जिल्ला सचिव राजेश्वर ढकालका अनुसार जिल्लाका सबै स्थानीय तह र सबै वडाबाट आज प्रतिनिधि चयन गरिने कार्यक्रम रहेको छ । जनबर्गिय संगठनले भने शुक्रबार नै प्रतिनिधि चयन गरिसकेको छ ।
प्रतिनिधी चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ जना प्रतिनिधि चयन गरिनेछ भने ५० प्रतिशत थप हुदाँ थप १ प्रतिनिधी थपिनेछ ।
एवं रितले सोही वमोजिम सदस्य थप हुदै जादा प्रतिनिधीको व्यवस्था ३ हुदाँ महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्ष मुनिका), ६ हुदाँ महिला, ७ हुदाँ युवा महिला, ८ भए पुरुष ९ हुदाँ महिला, १० भए युवा, ११ हुदाँ पुरुष, १२ हुदाँ महिला, १३ हुदाँ पुरुष, १४ युवा महिला को प्रतिनिधीत्व हुनुपर्ने एमालेले जनाएको छ ।
अधिवेशनमा जनवर्गिय संगठनहरु मध्ये अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत,खेलकुद महासंघबाट २ जनाको दरले र प्रेस चौतारी, जनसास्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल ईन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, ईत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशनबाट १ जनाको दरले प्रतिनिधि चयन हुनेछन् ।
जिल्ला अधिवेशनमा आयोजक, सल्लाहकार समिति र भुगोलबाट चयन भएकाहरु गरि ५६० जना प्रतिनिधि हुने एमाले तनहुँका प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारीले बताए ।