पोखरा, बैशाख २२
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाले वैशाख २३ गते आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आइतबार दिउसो ३ बजेका लागि प्रदेश सभा बैठक राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको कार्यालयबाट विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएको सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
प्रदेश सभामा सभामुखसहित एमाले, माओवादी केन्द्र र स्वतन्त्र गरी ३१ सांसद छन् भने प्रतिपक्षमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ गरी २९ छन् । राप्रपाले विपक्षमा मतदान गरेमा सत्तापक्षमा ३० मत पर्नेछ ।
सर्वोच्चको पछिल्लो आदेश अनुसार सत्ता पक्षले ३० लाई नै बहुमत मान्ने तयारी गरेको छ भने विपक्ष त्यो मान्न तयार छैन् ।