काठमाडौं, बैशाख १९
नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई निर्वाचित भएका छन् । बुधबार सम्पन्न युरोप शाखाको अधिवेशनबाट राईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मच चयन गरिएको छ ।
समितिको उपाध्यक्षहरुमा राजकुमार थापा, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल र प्रेम पोमु रहेका छन् । त्यस्तै महासचिवमा शेरबहादुर परियार, उपमहासचिवहरुमा कलश खरेल, भरत प्रधान र अशिम लोप्चन, कोषाध्यक्षमा इन्दिरा चाम्लिङ र सचिवहरुमा महिन्दो वाईवा, रमेशराज बास्तोल र दिनेश गौतम रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा जसमान दर्नाल, प्रकाश बगाले, पुस्तक रेग्मी, लाक्पा तेन्जी शेर्पा, धनराज विक, जनक बराल, भोला लामिछाने, वाईबी गुरुङ, कमल पराजुली, किशोर सुब्बा, सन्जु काउछा, दिपक भन्डारी, बिनोद अधिकारी, दिपक खतिवडा, नवराज दवाडी, सेन्छेलुङ पतङवा, बलराम राई, कमल पन्थी, माधव पोखरेल, घनश्याम गौतम, सुभाष चाम्लिङ, तुलसा घिमिरे, शर्मिला गुरुङ ठकुरी, अमृता राई र मनी तमु रहेका छन् ।
अधिवेशनले विभिन्न प्रस्तावहरु परित गरेको छ । पारित प्रस्तावहरुमाः
१ युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।
२) प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ ।
३) युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।
४) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।
५) सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं ।
रोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।
६) पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ ।
७) नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ ।
८) सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसँग यो अधिवेशन जोडदार माग गर्दछ ।
९) युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।