जसपामा फुट, अशोक राईको नेतृत्वमा सात सांसद निर्वाचन आयोगमा

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २३

जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजन भएको छ । वरिष्ठ नेता अशोक राईले आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो ।

प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।

अहिले दर्ता प्रक्रिया चलिरहेको सांसद सुशीला श्रेष्ठले बताइन् । अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवलगायत पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती