देवघाटधाम जेसीजद्वारा निःशुल्क आँखा तथा दन्त परीक्षण

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २३

देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर आँखा अस्पताल र स्माईल डेन्टल केयर भरतपुरको प्राविधिक सहयोगमा शनिबार वडा नम्बर ४ को सिन्च्याङ स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १ सय ५७ जनाले सेवा लिएको देवघाटधाम जेसीजले जनाएको छ ।

शिविरमा ६५ जनाले दन्त सम्बन्धित परिक्षण र ९२ जनाले आँखा सम्बन्धित परिक्षण गरेका थिए । शिविरमा स्माइल सिटी डेन्टल कियरका डा.रोशन आचार्य र भरतपुर आँखा हस्पिटलका डा.सुवास सापकोटा लगाएतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरूङ, वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरूङ, सिन्च्याङ स्वास्थ्य चौकीका अहेव टेकबहादुर गुरूङ देवघाट सामुदायिक प्रहरी सेवाका अध्यक्ष होमबहादुर भारती, देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष विकास सापकोटा र देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष बिष्णुहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लको अध्यक्षता भएको सो कार्यक्रम देवघाटधाम जेसीजका उपाध्यक्ष जेसी रक्षा कार्कीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता