निर्वाचन आयोगले अशोक राई समुहलाई दियो नयाँ दल दर्ताको प्रमाणपत्र

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २४

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपाको दल दर्ता नम्बर १९८ रहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित हिजो आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

जनता समाजवादी पार्टी दल दर्ताको जानकारी जनता समाजवादी पार्टी नेपाललाई दिने र संघीय संसद एवं प्रदेश सभा तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउने निर्णय पनि आयोगले गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न