ट्राफिक सप्ताह सुरु

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मंगलबारबाट ट्राफिक सप्ताह सुरु भएको छ ।

सप्ताहको अवसरमा मंगलबार विहान दमौलीमा ट्राफिक सचेता सम्बन्धी प्रभातफेरी आयोजना गरियो । सप्ताहको अवसरमा रक्तदान, ट्राफिक सचेतना लगायतका विभिन्न कार्यक्रम पनि यो अवसरमा हुनेछ । सडक दुर्घटनासम्बन्धी सचेतना बढाई नागरिकमा सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले बताए ।

ट्राफिक सप्ताहको अवसरमा आयोजित प्रभातफेरी पछिको कोण सभालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दुर्घटना न्युनिकरणकोलागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए । प्रभातफेरीमा जनप्रतिनिधि विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको बृहत उपस्थिती रहेको थियो ।

दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले उक्त सप्ताहव्यापी कार्यव्रmमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती