कलंकीबाट सात दिनदेखि विद्यार्थी बेपत्ता

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २६

कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् ।

उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् । उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ । उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामराको समेत प्रहरीले जाँच गरिसकेको छ । अन्य विभिन्न विधिबाट पनि खोजतलास जारी राखिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल