एमाले तनहुँमा प्यानल बन्ने सम्भावना बढ्दो, कडेंल र सिग्देलको विचमा अध्यक्षमा प्रतिश्पर्धा हुने

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २६

नेकपा एमाले तनहुँको यही बैशाख २८ र २९ गते दमौलीमा हुने दशौं जिल्ला अधिवेशनमा नेतृत्वको लागि दुई वटा प्यानल बन्ने सम्भावना बढेको छ । अधिवेशन नजिकिएसँगै नेतृत्व चयन कार्य सर्वसम्मत बनाउन नेताहरु लागिपरे पनि सर्वसम्मत हुने सम्भवना कमजोर रहेको नेताहरुले बताएका छन् । नेतृत्वमा सकेसम्म सर्वसम्मत बनाउने तथा सर्वसम्मत बनाउन नसकेपनि प्यानल बनाउनबाट रोक्न नेताहरु लागि परेका छन् । तर पनि प्यानल बन्ने सम्भावना बढेको छ ।

स्थायी कमिटिका सदस्य किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने तथा निवर्तमान अध्यक्ष केदार सिग्देल, हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरु आगामी जिल्ला नेतृत्व सर्वसम्मत बनाउन लागि परेका छन् । म्याग्दी, स्याङजा लगायतका जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हुँदा तनहुँमा पनि सर्वसम्मत बनाउन केन्द्रीय नेताहरु लागि परेका छन् । केन्द्रीय नेताहरुविच तनहुँको नेतृत्व सर्वसम्मत बनाउन यस अघि पटक पटक छलफल समेत भईसकेको छ ।

तर नेतृत्वका आकांक्षीहरु सर्वसम्मत नेतृत्व चयन गर्न अनिच्छुक देखिएपछि नेताहरुको प्रयासले सार्थकता पाउन सकेको छैन । यद्यपी अधिवेशन सुरु हुन बाँकी रहेको हुँदा त्यसअवधिसम्म सर्वसम्मत बनाउने पहल भने भईरहने केन्द्रीय सदस्य भगवती न्यौपानेले बताइन् । लोकवाणीसँग कुरा गर्दै न्यौपानेले आफुहरुको पहल सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तर्फ रहेको र अन्तिसम्म उक्त पहल गर्ने बताइन् ।

अधिकांश केन्द्रीय तहका नेताहरुको चाहाना हालका उपाध्यक्ष हरिराज कडेंललाई अध्यक्ष बनाएर जाने भएपनि गन्डकी प्रदेश कमिटिका पुर्व सचिवालय सदस्य विष्णुभक्त सिग्देलले अडान छाडेका छैनन् । सिग्देलले आफु अध्यक्षमा चुनाव लड्ने बताउँदै आएका छन् । तनहुँ जिल्ला कमिटिमा एक कार्यकाल उपसचिव समेत रहीसकेका सिग्देल यस अघिको नवौं जिल्ला अधिवशेनमा सचिव पदमा उम्मेदबारी दिएर पराजित भएका थिए । त्यसपछि उनलाई गन्डकी प्रदेश कमिटिमा मनोनित गरि सचिवालयमा लगिएको थियो । आफु तनहुँ जिल्लाको अध्यक्षमा उम्मेदबार बन्ने भन्दै सिग्देलले यसअघि सम्पन्न गन्डकी प्रदेश कमिटिको अधिवेशनमा कुनै पनि पदमा उम्मेदबारी नदिएको बताए ।

हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाउँपालिकाको अध्यक्ष समेत रहेको हुँदा उनी पार्टी अध्यक्षमा दोहोरिन नमिल्ने भएपछि उपाध्यक्ष कडेंलले अध्यक्षमा आफ्नो स्वभाविक हक लाग्ने बताए । उनले हालसम्म निरन्तर पार्टीको काममा क्रियाशिल रहेको र सबै जिम्मेबारी पुरा गर्दै आएको हुँदा अधिकांश नेता तथा कार्यकर्ताले आफुलाई एक पटक अध्यक्षको रुपमा हेर्न चाहेको बताए । कडेललाई अध्यक्ष बनाउँदा नेतृत्वको स्वभाविक हस्तान्तरण पनि हुने र क्रमशः सबैको पालो आउने केन्द्रीय नेताहरुको भनाई छ ।

नेतृत्वमा सर्वसम्मती नभएमा दुई प्यानलको विचमा प्रतिश्पर्धा हुने बताईएको छ । पदाधिकारीका आकांक्षी एक नेताले दुईवटा प्यानल बन्ने निश्चित भएको दाबी गरे । चुनाव भएमा संस्थापन पक्षीय प्यानलमा अध्यक्षमा हरिराज कडेंल, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी तथा खुल्ला उपसचिवमा खिम कुमाल वा दुर्गाकुमार श्रेष्ठ तथा महिला उपसचिवमा प्रभा श्रेष्ठ, बेदकुमारी वाग्ले र विष्णुमाया ढकाल मध्ये एकको सम्भावना रहेको बताईएको छ ।

त्यसैगरि अर्काे प्यानलमा अध्यक्षमा विष्णुभक्त सिग्देल, उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, खुल्ला उपसचिवमा रन बहादुर राना वा सिताराम सुर्खाली र महिला उपसचिवमा बसुन्धरा घर्तीको सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती