एमाले तनहुँ अधिवेशनः २३ सदस्य निर्विरोध निर्वाचित, मतगणना सोमबार दिउँसोबाट

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३१

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौं अधिवेशन अन्तर्गत भइरहेको निर्वाचन प्रक्रिया अनुसार २३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । आइतबार दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत पदमलाल लामिछानेका अनुसार जिल्ला मजदुरबाट सोमबहादुर आले र भिमबहादुर गुरुङ, जिल्ला खुल्ला अपाङ्गबाट मदन थापा, भुगोल भानु नगरपालिकाबाट महिलातर्फ रुपा तामाङ र उमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै भुगोल व्यास नगरपालिकाबाट महिलातर्फ वेदकुमारी वाग्ले र सीता पाण्डे, भुगोल भिमाद नगरपालिकाबाट महिलातर्फ नानुमाया गैह्रे र गौमाया राना, भुगोल आँबुखैरेनी खुलाबाट इन्द्रमान परियार र कपिल खनाल, भुगोल आँबुखैरेनी महिलातर्फ भगवती खनाल, भुगोल बन्दीपुर खुलातर्फ सुरेन्द्रबहादुर थापा र किशोर प्रधान, भुगोल बन्दीपुर महिलातर्फ फूलमती थापा निर्विरोध निर्वाचित भए ।

त्यसैगरि भूगोल ऋषिङ खुल्लातर्फ गञ्जसिंह गुरुङ र पुननारायण विक, भुगोल ऋषिङ महिलातर्फ हुमादेवी रानाभाट, भुगोल घिरिङ महिलातर्फ राधादेवी अधिकारी, भुगोल देवघाट खुल्लातर्फ यालबहादुर गुरुङ र केशवचन्द्र न्यौपाने, भुगोल देवघाट महिलातर्फ जुलीमाया सारु मगर, भुोल म्याग्दे महिलातर्फ निर्मला वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध निर्वाचित भएका थिए ।

अन्य पदहरुमा भने आइतबार राती ८ बजेबाट मतदान भयो । मतदान कार्य रातभर भएको थियो । विहान ८.४५ बजेसम्म भएको मतदानमा ५८६ मतदाता मध्ये ५६० मत खसेको निर्वाचन कमिटिले जनाएको छ । सबै मतपेटिकालाई जिल्ला पार्टी कार्यालयमा ल्याईएको र दिउँसो १ बजेपछि मतगणना हुने जनाईएको छ ।

जिल्ला अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुल्लामा खिमबहादुर कुमाल र आरके पोख्रेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा छन् । कडेंललाई स्थायी कमिटि सदस्य किरण गुरुङ र सिग्देललाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती