काठमाडौँ, वैशाख ३०।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनबारे निर्णय लिन सत्तारुढ दलहरूलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार दिउँसो २ बजेसम्म समय दिएको छ । सोमबार दिउँसो २ बजेसम्म छानबिन समिति गठनको निर्णय लिन सत्तारुढ दलहरुलाई कांग्रेसका प्रमुख कांग्रेस सचेतक रमेश लेखकले आग्रह गरेका हुन् ।
जेठ १ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक राखिएको छ ।उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूलाई संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न बोलाएका थिए ।