एमाले तनहुँको अध्यक्षमा कडेंल विजयी, सबै पदाधिकारीमा कडेंलको प्यानल बिजयी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २

नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

मंगलबार राती सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए । जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य किरण गुरुङ निकट हुन् । कडेंललाई स्थायी कमिटि सदस्य गुरुङ सहित पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, पुर्व अध्यक्ष केदार सिग्देल, निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतको समर्थन रहेको थियो ।

अध्यक्षका अर्का उम्मेदबार विष्णुभक्त सिग्देललाई भने उपमहासचिव पृथ्विसुब्बा गुरुङ, प्रदेश कमिटिका सचिव धनन्जय दवाडी, प्रदेश सदस्य रामबहादुर गुरुङ लगायतको समर्थन रहेको थियो ।

पदाधिकारीमा पनि कडेंल समुहका सबै निर्वाचित भएका छन् । उपाध्यक्षमा राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे । सचिवमा प्रदीपराज अधिकारीले २ सय ८० ल्याई विजयी हुँदा अनिल पाण्डेले २ सय ११ त ल्याए । खुल्ला उपसचिवमा खिमबहादुर कुमालले २ सय ९६ मत ल्याई बिजयी भए भने आरके पोखरेलले १ सय ८४ र महिला उपसचिवमा सुनिता नेपालीले २ सय ८३ मत ल्याई बिजयी भइन् भने बसुन्धरा घर्तीले १ सय ९७ मत ल्याईन् ।

एमाले राजनीतिमा गण्डकी प्रदेशभित्र नेकपा एमालेका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी विच गुटको लडाई भएपनि तनहुँमा भने स्थायी कमिटि सदस्य किरण गुरुङको बर्चश्व देखिएको छ । उक्त समुहलाई स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि समर्थन गरेका छन् । अध्यक्षमा बिजयी कडेंल खगराज अधिकारी भन्दा पनि किरण गुरुङ निकट मानिन्छन् । निर्वाचित सदस्यहरुमा पनि कडेंल निकटहरुकै बर्चश्व रहेको छ ।

सदस्यमा को को बिजयी भए ?

निर्वाचनबाट खुल्ला तर्फको सदस्यमा आनन्द सुन्दर श्रेष्ठ, इन्द्र थापा, कुलबहादुर थापा, मुक्तिनाथ तिमिल्सेना, गोविन्दप्रसाद अधिकारी, ऋषिराम भुषाल, इश्वर श्रेष्ठ, कमल गैह्रे, दलराज थापा (कुमार), रनबहादुर राना र सिताराम सुर्खाली बिजयी भए । त्यसैगरि महिला खुल्ला सदस्यमा कमला देवकोटा, कोपिला अर्याल लम्साल, गिता अधिकारी, ठगिमाया थापा, नानुमाया बानियाँ, पवित्रा थापा, फुलमाया वाग्ले, रिता ढकाल, बिन्दु बस्नेत, सिता कैनी र सुर्यकला ढकाल बिजयी भए ।

त्यसैगरि खुल्ला युवा सदस्यमा आशिष गिरी, कविराज खनाल, इमानसिंह सार्की, निरोज खनाल, महेन्द्र श्रेष्ठ, सरु कुमाल, सुकुलाल गुरुङ, सुरेन्द्र अधिकारी, सुर्यप्रकाश तिमिल्सेना र सागर महत बिजयी भए । त्यसैगरि जिल्ला खुल्ला महिला सदस्यमा दिनाकुमारी गोतामे, मनिषा विक, ममता राना, मुना लामा र सुभद्रा लम्साल बिजयी भएका छन् । त्यसैगरि जिल्ला खुल्ला जनजाती तर्फ नारयण श्रेष्ठ, विष्णुबहादुर राना र रणबहादुर गुरुङ बिजयी भएका छन् ।

त्यसैगरि दलित खुल्ला सदस्यमा बिनोद विक, भरत लामगादे र दिपक खाती तथा दलित महिला सदस्यमा मिठुमाया गन्धर्व बिजयी भएका छन् । मुस्लिम तर्फ नुर महम्मद मिया र मुन्नी खातुन, अल्पसंख्यक तर्फ कुलबहादुर भुजेल बिजयी भएका छन् ।

त्यसैगरि भुगोल तर्फ शुक्लागन्डकीबाट इन्द्र गुरुङ, खिमबहादुर महत, बाबुराम कार्की र पहल थापा बिजयी भएका छन् । शुक्लागन्डकीमा महिला तर्फ बिर्सना श्रेष्ठ र विष्णुमाया ढकाल, व्यास नपा भुगोल तर्फ खुल्लामा अर्जुनप्रसाद नागिला, पुर्णबहादुर गुरुङ, निर्मल पण्डित र इश्वरबहादुर विष्ट बिजयी भए भने महिला तर्फ बेदकुमारी वाग्ले र सिता थापा पाण्डे निर्विरोध भएका छन् ।

त्यसैगरि भानु भुगोल तर्फ खुल्लामा श्याम थापा, दलनारयण श्रेष्ठ, जगतबहादुर थापा र कृष्णबहादुर सिंह ठकुरी निर्वाचित भए । भानुमा महिला तर्फ रुपा लामा र उमा श्रेष्ठ निर्विरोध भएका थिए । त्यसैगरि भिमाद भुगोल खुल्ला तर्फ धनन्जय गैह्रे, घनश्याम लम्साल, हस्तबहादुर खड्का र बिरबहादुर बस्याल बिजयी भए भने भिमादमा महिला नानुमाया गैह्रे र गौमाया राना निर्विरोध भएका थिए । त्यसैगरि म्याग्दे भुगोल खुल्लामा जिवन राना र मनहर्ष थापा बिजयी भने भने घिरिङ महिला तर्फ राधादेवी अधिकारी निर्विरोध भईन् । म्याग्दे भुगोल खुल्लामा बसन थापा र शंकर रानाभाट बिजयी भएभने महिलामा निर्मला वाग्ले निर्विरोध भईन् ।

त्यसैगरि आँबुखैरेनी भुगोल खुलाबाट इन्द्रमान परियार र कपिल खनाल तथा महिलातर्फ भगवती खनाल, बन्दीपुर भुगोल खुलातर्फ सुरेन्द्रबहादुर थापा र किशोर प्रधान तथा महिलातर्फ फूलमती थापा निर्विरोध निर्वाचित भए । त्यसैगरि ऋषिङ भुगोल खुल्लातर्फ गञ्जसिंह गुरुङ र पुननारायण विक तथा महिला तर्फ हुमादेवी रानाभाट र देवघाट भुगोल खुल्लातर्फ यालबहादुर गुरुङ र केशवचन्द्र न्यौपाने, तथा महिलातर्फ जुलीमाया सारु मगर निर्विरोध भएका थिए ।

यसैगरी जिल्ला लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष हरिराज कडेंल र लेखा कमिटिका अध्यक्ष प्रेम प्रसाद पौडेलले सोमबार निर्वाचन कमिटिका अध्यक्ष समक्ष सपथ ग्रहण गरेका थिए भने अन्य पदाधिकारी र सदस्यहरुको एक साता सपथ ग्रहण हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न