उच्च अदालतको आदेश–व्यास नगरपालिकामा एक महिना भित्र पुनः मतगणना हुने

Devghat Online

शेयर गरौ

दमौली, जेठ २

उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा एक महिना भित्रमा पुनः मतगणना गर्न आदेश दिएको छ । निर्वाचन भएको २ वर्षपछि व्यास नगरपालिका प्रमुखमा पुनःमत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको हो ।

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित स्वतन्त्र उम्मेदबार दिपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा दिएको मुद्धामा अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले सोमबार पुनः मतगणना गर्न आदेश दिएको हो ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र एमालेको समर्थनमा उम्मेदबार बनेका जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।

जोशी नेपाली काँग्रेसका पुर्व नेता गोविन्दराज जोशीका छोरा हुन् । जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गर्दै आएका छन् ।

अदालतले एक महिना भित्रमा पुनः मतगणना गर्न आदेश दिएको उच्च अदालत पोखराका उपरजिष्ट्रार रामबहादुर थापाले बताए । अदालतका रजिष्ट्रार अच्युत कुईकेलको संयोजनमा पुनः मतगणनाको लागि आवश्यक कर्मचारी उपलब्ध गराउन समेत अदालतले आदेश दिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न