चितवन, जेठ ३
आज ३१ औं मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय हत्या भएको आज ३१ वर्ष पुगेको छ ।
भण्डारी र आश्रित सवार जिप २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना गराई हत्या गरिएको थियो ।
पार्टीको काममा पोखराबाट चितवन जाने क्रममा नेताद्वय भण्डारी र आश्रितको दासढुङ्गामा सवारी दुर्घटना गराई हत्या गरिएको थियो । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
मदन आश्रित स्मृति दिवस,को अवसरमा नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन्। नेकपा एमाले चितवनले आज भण्डारी र आश्रितको दुर्घटना भएको ठाउँ चितवनको दासढुंगामा स्मृति सभाको आयोजना गरेको छ ।
दासढुंगामा मदन आश्रित स्मृति पार्क बनाइएको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।