आगलागी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद श्रेष्ठको माग

Devghat Online

शेयर गरौ

दमौली, जेठ ७

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले व्यास नगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चोकमा रहेको फलफुल लाईनमा गएराती भएको आगलागीबाट पीडित भएकाहरुलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । सांसद श्रेष्ठले सोमबार बिहान प्रेस विज्ञप्ति प्रकाशित गरि आगलागीबाट फलफूल लाइनमा अधिकांश पसलहरु जलेर नष्ट भएको घटनाले आफुलाई अत्यन्तै दुखी र मर्माहत बनाएको बताएका छन् ।

उक्त आगलागीमा करोडौं मूल्य बराबरको सम्पत्ति क्षति भएको भन्दै सांसद श्रेष्ठले आगलागीको घटनाको छानबिन गरि पीडितहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनको लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदै क्षतिपूर्तिको लागि आफ्नो तर्फबाट पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

‘राष्ट्रिय राजनीतिमा छिनछिनमा विकसित भईरहने घटनाक्रम र सम्माननीय प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लाग्नुभएको सन्दर्भको कारण यस दुखको समयमा पीडितहरुसँग भेट गरि स्थलगत रुपमा घटनाको वास्तविक जानकारी लिने र दुख साट्ने कार्यमा प्रतक्ष्यरुपमा उपस्थित हुन नसकेकोमा म मेरा आदरणीय दमौलीबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा क्षमा चहान्छु र जतिसक्दो छिटो पीडितहरुसँग भेट गर्न आउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सांसद श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

यो दुखको समयमा कुनै राजनीतिक आग्रह र पुर्वाग्रह नराखी घटनाको यथार्थ र वास्तविक छानबिन गरि पीडितलाई उचित क्षतिपूर्तिको पहल गर्न स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीति दलहरु सबैमा पुर्वमन्त्री समेत रहेका श्रेष्ठले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती